मेस्सीको रोजाइ ३० नम्बर

पेरिस । र्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ३० नम्बरको जर्सी रोजेका छन् । पीएसजीले मेस्सीलाई मंगलबार पार्क डेस प्रिन्सेसमा ३० नम्बरको जर्सी सार्वजनिक गरेका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीमा २ वर्षको सम्झौता गरेका छन् । वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउने मेस्सीलाई एक वर्ष थप्ने विकल्प खुला गरिएको छ । मेस्सीले पीएसजीमा किन ३० नम्बर जर्सी नै रोजे त ? यसमा केही तथ्य छ ।

खासमा मेस्सीले आफ्नो व्यावसायिक खेल करियर सुरु गर्दा क्याटलान क्लब बार्सिलोनामा ३० नम्बरको जर्सीमै खेलेका थिए । बार्सिलोनामा १७ सिजन व्यावसायिक खेल करियरमा मेस्सीले १३ सिजन आइकोनिक १० नम्बरको जर्सीमा देखिए । सुरुवाती चार सिजनमध्ये दुई–दुई सिजन मेस्सीले ३० नम्बर र १९ नम्बरको जर्सी लगाए ।

मेस्सीले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दा त्यतिबेला ब्राजिली रोनाल्डिन्होले यही आइकोनिक १० नम्बरको जर्सीमा बार्सिलोनामा उत्कृष्ट समय व्यतित गरिरहेका थिए । रोनाल्डिन्होको समयमा मेस्सी उदाउँदै गर्दा बार्सिलोनाले उनलाई ३० नम्बरको जर्सी प्रदान गरेका थिए । सुरुवाती दुई सिजन उनी यही नम्वबमा देखिए । त्यसपछि मेस्सीले २००६–७ को सिजनमा जर्सी नम्बर परिवर्तन गर्दै १९ नम्बर रोजे । उनले दुई सिजन यही नम्बरमा खेल्दा अर्जेन्टिनाबाट पनि यही नम्बरमा केही अन्तर्राष्ट्रिय क्याप जिते ।

त्यसबेलासम्म बार्सिलोनामा तहल्का मच्चाइरहेका रोनाल्डिन्होले क्लब छाड्ने समयमा पुग्दा मेस्सी नयाँ स्टारका रूपमा स्थापित हुने तरखरमा थिए । रोनाल्डिन्होले क्लब छाडेपछि मात्रै मेस्सीले १० नम्बरको जर्सी पाएका हुन् । त्यसपछि १३ सिजन उनी १० नम्बर जर्सीमा बार्सिलोनामा बिताए । पीएसजी आउने निश्चित भएपछि उनका ब्राजिली साथी खेलाडी नेयमार जुनियरले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए । तर, ३४ वर्षीय मेस्सीले त्यसलाई स्विकारेनन् । उनले आफूले सुरुमा लगाएको ३० नम्बर जर्सी नै रोजे ।

यो त्यही नम्बरको जर्सी हो, जुन मेस्सीले बार्सिलोनाबाट व्यावसायिक करियर सुरु गर्दा लगाएका थिए । पीएसजीले उनलाई १९ नम्बर जर्सीको पनि प्रस्ताव राखेको थियो । मेस्सीले दुई सिजन बार्सिलोनामा यही नम्बरको जर्सी लगाएर खेलेका थिए । मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी रोज्नुको अर्थ ३० नम्बरबाटै नयाँ अध्याय सुरु गर्न लागेको बुझ्न सकिन्छ । अर्थात् नयाँ सिजन, नयाँ क्लब, नयाँ नम्बर र उही मेस्सी ?

च्याम्पियन्स लिग जित्ने लक्ष्य
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोेनल मेस्सीले आफू च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेर फ्रान्सेली क्लबमा आवद्ध भएको बताएका छन् । मंगलबार ट्रान्सफर प्रक्रिया सकिएपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा मेस्सी र क्लबका अध्यक्ष नासेर अल खलिफाले आफ्नो अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष खलिफाले मेस्सीलाई पिएसजीमा आवद्ध भएकोमा धन्यवाद व्यक्त गरे । उनले क्लबले दशकअघि एक लक्ष्य बनाएर सुरु गरेको यात्राले अपेक्षित सफलता हासिल गरेको र मेस्सीको आगमनले अब क्लब अझ अघि बढ्ने बताए । उनले क्लबमा खेलकुद निर्देशक लिओनार्डोलाई विशेष धन्यवाद दिँदै समर्थकलाई थप खुसीको खबर दिन तत्पर रहेको बताए । मेस्सीले भने पीएसजी रोज्नु आफ्ना लागि निकै कठिन निर्णय भएको बताए ।

उनले क्लबलाई धन्यवाद दिँदै पेरिस आएपछि निकै उत्साह थपिएको बताए । मेस्सीले समर्थकबाट पाएको साथबाट आश्चर्यमा पारेको जनाउँदै पीएसजी सधैं उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोली रहेको र एकसाथ सबै लक्ष्य हासिल गर्न अघि बढ्ने बताए । उनले बार्सिलोनासँग भएको घटनालाई अनपेक्षित रहेको समेत बताए । मेस्सीले आफू कहिले डेब्यु गर्ने भन्ने’bout अहिले यकिन भन्न नसकिने बताए । मेस्सीले पीएसजी र आफ्नो लक्ष्य च्याम्पियन्स लिग जित्नु रहेकोले पनि धेरै सोच्नु नपरेको बताए ।

‘बार्सिलोनामा बस्न नसक्ने पक्का भएपछि मैले भविष्य’bout सोच्नु थियो । पीएसजी र मेरो व्यक्तिगत लक्ष्य च्याम्पियन्स लिग जित्नु हो । म ठूलो क्लबबाट ठूला प्रतियोगिता जित्न चाहन्छु । क्लब र मेरो लक्ष्य मिल्ने भएर नै यहाँ आएको हुँ’, उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

बिजुली पानीको भुक्तानीको लागि मौलापुरका स्थानीय आन्दोलित