एक गाग्री पानीका लागि १ घण्टा

हुम्ला । पटकपटक निर्माण गरेको खानेपानी योजना यस बर्षको बाढीले मुहानै बगाएर लगेपछि हुम्लाको नाम्खा गापा–५ तुम्कोटगाउँका महिलाहरु धमिलो पानी पिउन विवस छन् । त्यहि धमिलो पानी लिन पनि एक घण्टा हिडेर जान बाध्य छन् ।

तुम्कोटगाउँ नजिकैको रहेको खोलामा निर्माण भएको फुईसिङ खानेपानी योजना बाढिपहिरोले बगाउदा धमिलो पानी लिन जान पनि एक घण्टा हिड्नु पर्ने वाध्यता रहेको स्थानिय मिधी लामाले बताईन । नाम्खा गाउँपालिकाका कर्णाली नदीको किनारमा बसोबास गर्ने बासिन्दाहरू यतिबेला धमिलो पानी पिउदै आएका छन् । पानीको विकल्प नभएपछि फोहर धमिलोे पानी पिउनु परेको लामाको भनाइ छ ।

वर्षातमा कर्णाली नदीको पानी पिउन योग्य हुँदैन । पुस्तौदेखी नजिकै रहेको खोलाको पानी खादै आएका भएपनि उक्त खोलाको पानीलाई ग्रामिण जलश्रोत आयोजनाले तुम्कोटबासी लाई प्रत्येक टोलमा पानीको धारा निमार्ण गरेको ७ महिना नपुग्दै बाढीपहिरोले नै निमार्ण गरिएका पुरै संरचना भत्काएको थियो । उत्तरी हुम्लाको तिब्बतसंग जोडिएको भौगोलित विकटता कारण दुर्गम तुम्कोट गाउँ जिल्लाकै पछाडि परेको गाउँमा तामाङ जातीको मात्र बसोबास रहेको छ ।

खानेपानी अभावले गाउँमा सरसफाईको अवस्था अत्यन्तै दयनीय छ । धमिलो पानीको प्रयोगको कारण स्थानीयवासीमा झाडापखाला, एलर्जी, टाइफाइड, निमोनिया जस्ता रोग लाग्ने सम्भावाना बढ्दै गएको छ । धमिलो पानी गाग्रीमा थिग्रयाउन कपडामा छानेर पिउनु परि रहेको स्थानिय बासीले बताएका छन् । सदरमुकाम सिमकोटदेखि २ दिन पैदल हिडेर पुग्ने उक्त गाउँमा चिसोको समयमा बरफ जम्ने हुदा चिसो पानी र बर्षामा धमिलो बग्ने हुदा धमिलो पानी पिउन बाध्य भएको स्थानियबासीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 592 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित