संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर महिनामा विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । मूलतः पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई थिलथिलो बनाइरहेको अवस्था छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)ले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार सन् २०२० मा पर्यटन उद्योगबाट गुमेको आम्दानी रकम भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको खुद आम्दानी रकमभन्दा ११ गुणा बढी हो । फलतः यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । हाम्रो देशमा भने पर्यटन क्षेत्रलाई देशको अर्थतन्त्रका लागि महत्वपूर्ण सूचीमा राखेर प्रवद्र्धन सुरु गरेको २०४६ सालको परिवर्तनपछि हो । त्यस यता केही वर्ष बिराएर नेपाल भ्रमण वर्षको आयोजना गर्नेलगायत पर्यटन प्रवद्र्धनको काम नेपालमा हुने गरेको थिएन । हाम्रो देशको सन्दर्भमा भने अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् ।
नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमशृंखला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालिन हामी नेपालीहरू नै नेपालको गहना हो । यस वर्ष यस व्यवसायका हरेक पाटा नराम्रोसँग थलिएका छन् । यसर्थ एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र विश्वका हरेक देशबाट नेपालमा पर्यटनको घँुइचो लाग्ने गर्छ । यी विविध कारणहरूले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतका रूपमा रहेको छ ।
देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतका रूपमा रहेको थियो । हाल पनि पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा ३÷४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने योभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रबल सम्भावना छ । सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगका रूपमा विस्तारित हुन नसक्नुलाई विडम्बना नै मान्नुपर्छ । देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन ।
कोरोना कहर सकिनासाथ पर्यटन उद्योगलाई लयमा फर्काउने सोचका साथ सरकारले अहिलेदेखि नै दरिलो खालको कदम चाल्नुपर्छ
देशमा के कसरी बढीभन्दा बढी पर्यटक भित्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ । ती पर्यटकहरू गुणस्तरीय हुन कि होइनन्, तिनको खर्च गर्ने क्षमता के कस्तो छ ? भन्ने विषयमा कमै मात्र ध्यान पु¥याइएकैले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन । यसमा हेर्ने हो भने दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपाल जस्तो गन्तव्यले के आशा गर्ने अर्कोतिर पर्यटक बसाइँ अवधि पनि बढाउन सकिएको छैन । अतः नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट २० लाख पर्यटनको आगमन गर्ने जुन आशा राखिएको थियो । त्यो आशा दिवा सपनामा मात्र परिर्वतन भयो । जसले गर्दा १३ लाखभन्दा बढी पर्यटन क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूलाई ठूलो मार प¥यो ।
सन् २०१९ मा नेपाल आउने कुल पर्यटकको संख्या ११ लाख ९७ हजार १ सय ९१ रहेको र तिनको नेपालमा औसत बसाइ १२ दशमलव ७ दिन मात्र रहेको थियो । त्यसरी नै सन् २०२० मा नेपाल आउने कुल पर्यटकको संख्यामा ८० दशमलव ८ प्रतिशतले कमी आएको अर्थात् सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल आउने कुल पर्यटकको संख्या २ लाख ३० हजार ८५ मात्र रहेको थियो । तर, नेपालमा पर्यटकहरूको औसत बसाइमा भने कुनै उल्लेख्य वृद्धि भएको छैन । बरु पर्यटकहरूले सन् २०१८ अघि औसतमा ४५ अमेरिकी डलर खर्च गर्थे भने त्यो घटेर ४२ अमेरिकी डलरमा झरेको पाइन्छ । यसरी नै सन् २०११ मा नेपालले वार्षिक पर्यटक आगमन संख्या १० लाख पु¥याउने भनेर नेपाल पर्यटन वर्षमै मनाइयो ।
त्यसैगरी, पहिलो सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा यो संख्या ५ लाख पुगेको थियो । त्यस हिसाबले हेर्दा यसबीचमा ठूलै उपलब्धि भएको मान्नुपर्ने हुन्छ तर दुर्भाग्यवश ५ लाख पर्यटक आउँदा र ८ लाख पर्यटक आउँदाका बीचमा राष्ट्रिय पर्यटन आयमा खासै वृद्धि नभएको नेपाल राष्ट्र बैंकको विवरणले देखाएको थियो । यसको अर्थ या त खर्च गर्न सक्ने किसिमका पर्यटक नै ल्याउन सकिएन या पर्यटन क्षेत्रले औपचारिक प्रणालीबाट कम कारोबार गरिरहेको छ । यदि गुणस्तरीय पर्यटक नआएका हुन् भने बढी खर्च गर्ने खालका पर्यटक बढीभन्दा बढी भित्याउनका लागि आवश्यक राष्ट्रिय रणनीति बनाउनु आवश्यक भइसकेको छ ।
हिमशृंखला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालिन हामी नेपाली नै नेपालका गहना हौं
समग्रमा भन्नुपर्दा माओवादी द्वन्द्व, शाही शासन, विनाशकारी भूकम्पलगायत केही अपवादका समयबाहेक नेपालले पर्यटनको क्षेत्रमा सन्तोषजनक प्रगति गर्दै आएको थियो । मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो त्यसैले अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । अपितु अघिल्लो वर्ष सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई विशेष उपलब्धिपूर्ण बनाउने अभियान थालेको पनि थियो तर वर्षको मुखमै कोरोना महामारीका कारण पर्यटक आगमन सम्भव भएन । भ्रमण वर्ष स्थगित गर्न सरकार बाध्य भयो । यो अवस्था अझै कतिन्जेल रहने हो ? त्यसको टुंगो छैन ।
कोरोना महामारी समाप्त भयो भने पनि विश्वका अधिकांश मुलुकहरूको आर्थिक अवस्था लयमा फर्कन केही वर्ष लाग्ने निश्चित छ । जसले गर्दा विश्व अर्थतन्त्र लयमा नफर्केसम्म पर्यटन व्यवसायले गति लिन सम्भव छैन । सन् २०१९ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब रुपैयाँ आम्दानी भएको थियो भने सन् २०२० मा अर्बौं रुपियाँ प्रत्यक्ष रूपमा लगानी गरेका थिए । यसरी न नेपालको पर्यटन क्षेत्रमा कोरोनाका कारण करिब १ खर्ब ६० अर्ब क्षति हुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । तर, कोरोनाका कारण धेरैजसो पर्यटन व्यवसायी लगानी डुबेको एकातिर छ भने अर्कोतिर पर्यटन क्षेत्रमा कार्यरत १३ लाख जनशक्ति यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । जसको कारणले गर्दा पर्यटन क्षेत्रमा रोजगारी गर्नेहरू धेरैजसो पलायन भएका छन् ।
फलतः पर्यटन व्यवसायी तथा मजदुरहरूलाई टिकाइरहनु अहिलेको आवश्यकता हो । यसका लागि सरकारले विशेष प्याकेज ल्याउनु अनिवार्य छ । कोरोना कहर सकिनासाथ पर्यटन उद्योगलाई लयमा फर्काउने सोचका साथ सरकारले अहिलेदेखि नै दरिलो खालको कदम चाल्नुपर्छ ।






