काठमाडौ प्रशासनको सक्रियता कालोबजारी गर्नेलाई ठाउँका ठाउँ कारवाही

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले मापदण्ड विपरित पसल सञ्चालन गर्ने तथा कालोबजारी गर्ने व्यापारीहरुलाई ठाउँका ठाउँ कारवाही गर्न थालेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको निर्देशन सँगै काठमाडौ प्रशासन र वाणिज्य , आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले काठमाडौका विभिन्न स्थानमा दैनिक अनुगमनलाई जारी राखेको छ । गत १७ असोज देखि जारी राख्दै आएको अनुगमनका क्रममा हालसम्म कालोबजारी गर्ने तथा मापदण्ड विपरित पसल सञ्चालन गर्ने ५० जना भन्दा बढि व्यापारीलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जानकारी दिएको छ । अनुगमनका क्रममा वद्मासी गर्ने व्यापारीलाई ठाउँका ठाउँ गरिएको कारवाहीबाट ३ लाख ७० हजार रुपैया भन्दा बढि जरिवाना असुल गरिएको छ ।

जनतालाई राहत दिन र जनतालाई ठगिन बाट बचाउन कुनै किसिमको संझौता गर्दैनौ, कालोबजारी गर्नेहरु माथि कठोर कदम चालिरहेका छौ । सम्पुर्ण नाका र व्यस्त ठाउँहरुलाई विशेष निगरानीमा राखेका छौ ।

गोबिन्द प्रसाद रिजाल : प्रमुख जिल्ला अधिकारी , काठमाडौ


प्रशासन र वाणिज्यको टोलीले विभिन्न सुचनाका आधारमा अनुगमन गर्दै आइरहेको छ । विशेष गरि दशैको मौका छोपी केहि व्यापारीहरुले विभिन्न उपभोग्य तथा खाद्यवस्तुमा कालोबजारी गर्ने र मापदण्ड विपरित खाद्य वस्तुहरु विक्री वितरण गर्ने गरिरहेका छन् । व्यापारीको त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न काठमाडौ प्रशासनले अनुगमनलाई नियमित गरिएको जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले उपभोक्ता ठग्ने र कालोबजारी गर्ने व्यापारीलाई ठाउँका ठाउँ कारवाही गर्ने नीति अनुसार अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए ।

उनले कालोबजारी गर्ने र विभिन्न बहानामा उपभोक्ता ठग्नेहरु माथि प्रशासन कठोर रुपमा परिचालन भइरहेको बताए । ‘जनतालाई राहत दिन र जनतालाई ठगिन बाट बचाउन कुनै किसिमको संझौता गर्दैनौ, कालोबजारी गर्नेहरु माथि कठोरताका साथ पेश भइरहेका छौ ।’काठमाडौका प्रमुख जिल्ला अधिकारी रिजालले राजधानी सँग भने । उनले काठमाडौका सम्पुर्ण नाका र व्यस्त ठाउहरु आफुहरुको नियमित निगरानीमा रहेको जानकारी दिए । प्रशासनले आवश्यता अनुसार विभिन्न नाकाहरुमा रातको समयमा समेत अनुगमन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले दशैको समयमा काठमाडौको शान्ति सुरक्षालाई समेत सृदृढ पारिएको दावी गरे । उनका अनुसार राजधानीमा दशै लक्षित सुरक्षा योजना समेत लागू भइसकेको छ । रिजालले दशै लक्षित सुरक्षा योजना लागु भएकाले निश्चिन्त भएर दशै मनाउन उपत्यकावासीलाई आग्रह समेत गरेका छन् ।

यद्यपि काठमाडौका कतिपय व्यस्त एवं केहि ग्रामीण क्षेत्रमा दशैको समयमा चोरी हुने घट्नाहरु भ्ने वर्षेनी बढ्दै आइरहेका छन् । त्यस्ता चोरीका घट्ना बढ्न नदिन पनि प्रशासनले विशेष कार्यक्रम ल्याउनु पर्ने माग स्थानीयको छ । यस्तै प्रशासन र वााणिज्यको टोलीले गरेको बजार अनुगमनलाई अझै वैज्ञानिक र प्रभावकारी बनाउनु पर्ने माग समेत स्थानीय वासिन्दाको छ । अनुगमन टोलीले अनुगमनको मात्रा र परिमाण बढाउनु पर्ने देखिएको छ । कतिपय अवस्थामा प्रशासन र वाणिज्यको अनुगमन औपचारिकतामा मात्रै सिमित हुने गरेकाले हाल त्यस्तो अवस्था आउन नपाओस भन्नेमा काठमाडौ प्रशासन सतर्क र सचेत रहनु पर्ने सुझाव आम सर्वसाधरण उपभोक्ताको छ ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित