नेपालजी कांग्रेसमा डा. राममनोहर लोहियाको सैद्धान्तिकस्वरूप र दर्शनको किन आवश्यकता पर्छ भन्ने कुरामा नयाँ पुस्ताका नेपाली कांग्रेसका धेरै कार्यकर्ता अनभिज्ञ छन् होला र यो कुरा थाहा पाउँदा आश्चर्य चकित पनि पर्छन् होला । यसबाट के स्पष्ट हुन्छ भने नयाँ पुस्तालाई नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि’bout स्पष्ट बोध गराउनु पुरानो पुस्ताको महत्ववूर्ण जिम्मेवारी हो । पार्टीको इतिहासिक चेतबिना कार्यकर्ता ऊर्जावान हुन सक्दैनन् । विचार र आर्दशको मुहान नै इतिहास भएको हँुदा यो जिम्मेवादी बोध नेतृत्व वर्गमा हुनुपर्छ । अर्थात् बीपी दर्शन, गणेश मानजीको नेतृत्व क्षमता, किशुनजीको वौद्धिक व्यक्तित्व, रामेश्वर सिंह, रामनारायण मिश्र, महेन्द्र नारायण निधि, सरोज कोइराला, योजराज शेरचन भीमबहादुर तामाङजस्ता अनेकौं संर्घष र संकल्पका गाथा बोकेका ऐतिहासिक व्यक्तित्व’bout नयाँ कार्यकर्तामा चेत जगाएर नयाँ संकल्पका साथ पार्टीलाई अगाडि बढाउनुपर्छ ।
खास गरेर यी व्यक्तित्वको विचार र दर्शनमाथि आवश्यक प्रकाशनका लागि शोध संस्थानलाई जिम्मा दिनुपर्छ । यसै सन्र्दभमा डा. राम मनोहर लोहिया र नेपाली कांग्रेसबीच सम्बन्ध र वर्तमान राजनीतिक अन्योलताबीच समाजवादी दर्शनको बाटामा पार्टीलाई ल्याउन लोहियाको दर्शन बुझ्न जरुरी छ । २३ वर्षको उमेरमा अर्थशास्त्र ‘नुन सत्याग्रह’ विषयमा प्रसिद्ध अर्थशास्त्री जामवार्टको शोधनिर्देशमा विद्यावारिधि गरेका डा. लोहियालाई समाजवादको मौलिक सिद्धान्तकारका रूपमा चिनिन्छन् । राणा शासनको विरोधमा नेपाली कांग्रेसको आह्वानमा दिल्लीमा आन्दोलन गरी गिरफतारी दिई उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयोगी बनेका थिए ।
नेपाली कांग्रेसको राजनीतिक प्रस्तावनाको मस्यौदा तयार गर्दा बीपीसँग सहकार्य गरी र केन्द्रीय समितिमा पनि सशरीर उपस्थित भई पार्टीलाई दार्शनिक चिन्तन र संघर्षको गोरेटोमा लैजान उनी बीपीका सहयात्री र हिमायती रहेका थिए । गान्धीसँग बीपीलाई भेटाउन उनले खेलेको भूमिका वा सुन्दरीजलको अनशनमा बिपीको कष्टलाई मध्यनजर गर्दै मोहन शमशेरमाथि नैतिक दबाब दिन गणेशमान र किशुनजीलाई गान्धीसँग भेटाउने व्यक्तित्व लोहिया नै थिए । बीपीको दर्शनमा डा. लोहियाको प्रभाव गहिरो देखिन्छ । व्यक्तिगत सम्वन्धमा उत्तार चढाव देखिए तापनि दार्शनिक कसीमा दुई विराट व्यक्तित्वहरूमा अधिक सामिप्यता देखिन्छ ।
लोहियाले भन्ने गर्थे, ‘समाजवादीहरू सिद्धान्त र गफमा चतुर भए तापनि संगठनमा कमजोर हुन्छन्’
अब प्रश्न उठ्छ लोहियाको सान्दर्भिकता किन ? खास गरेर बदलिँदो परिवेशमा डा. लोहियाको राजनीतिक प्रस्तावना र दर्शनले नेपाली कांग्रेसलाई कसरी लाभ दिन सक्छ ? नेपाली कांग्रेसको पहिलो राजनीतिकदस्तावेज तयार गर्दा बीपीलाई नेपालमा कृषि क्रान्ति गर्न उनले नै सुभाव दिएका थिए । नेपाल त्यतिखेर जमिनदारी प्रथाबाट चेपिएको थियो । कालान्तरमा बीपी कृषिसम्बन्धी नयाँ विचार र परिर्वतन ल्याउन पनि केही हदसम्म सफल भए । लोहियाले कृषि सेनाको परिकल्पना गरेका छन् र कृषि सेनाको माध्यमबाट गाउँलाई सबलीकरण गर्न सकिन्छ भन्ने पनि गरेका छन् । भूमण्डलीकरण र विप्रेषण (रेमिटेन्स)को प्रभावले नेपालको प्रत्येक गाउँसहरमा निर्भर भएको छ भने प्रत्येक सहर काठमाडौंमा निर्भर भएको छ ।
साथै, काठमाडौं विदेशको मुद्रामा निर्भर रहेको छ । लोहियाको आग्रह नै यो निर्भरतालाई भत्काउनु हो । अर्थशास्त्री सुमाकरको सिद्धान्त ‘स्मल इज ब्युटिफुल’लाई डा. लोहियाले व्याख्या गर्दै गाउँलाई जोगाउन सानो सानो उद्योगको कल्पना गरेका छन् । गाउँको सिद्धान्तमा डा. लोहिया र बीपीको सामीप्यता देखिन्छ । सुमाकरले आप्mनो सिद्धान्तमा प्रस्ट भनेका छन् कि गरिबहरूसँग असीम क्षमता हुन्छ । कुनै पनि कठिन घडीमा विचलित हु‘दैन । संकट आएका बेला धनी र सम्पन्न विचलित र ध्वस्त हुन्छ । अर्को शब्दमा भन्ने हो भने कोरनाको कहरमा नेपालका गाउँहरूले नेपालीलाई जोगाए । प्रतिरोधात्मक क्षमता गाउँका मान्छेहरूमा अपेक्षाकृत सहरभन्दा बढी हुन्छ । डा. लोहियाले कृषिलाई सानो यन्त्रहरूको प्रयोग गरेर सहरको विकृतिबाट गाउँलाई जोगाउन आग्रह गरेका छन् । नेपाली कांग्रेसले गाउँसम्बन्धी मुद्दालाई राजनीतिको केन्द्रबिन्दु बनाउनुपर्छ ।
समाजवादको प्रस्थान बिन्दु नै गाउँको निर्माण हो । संसद्को बजेटको स्वरूपमा प्रतिवाद गर्दै समाजवादी चिन्तक प्रदीप गिरीले यही मनोभावलाई जाहेर गरेका थिए । नेपाली कांग्रेसले नेपालको सामाजिक रूपान्तरणमा जोड दिनुपर्छ । डा. लोहियाले आफ्नो कृति ‘मिसिङ प्वाइन्ट इन माक्र्सजिममा माक्र्सवादको आग्रहलाई भारतको सन्र्दभमा खारेज गर्दै के भनेका थिए कि भारतीय समाज वर्गीय रूपमा मात्र विभाजित भएका छैन । भारतीय समाज जातीय रूपमा विभाजित छन् । अर्थात् जातीय अन्तरसंघर्षलाई निर्मूल गर्न जातविहीन समाज निर्माण गर्न डा. लोहियाले आग्रह गरेका थिए । तथाकथित भनिएका तल्लो जातिका लागि विशेषाधिकारको आवाज उठाउने राजनीतिक वृतमा डा. लोहिया नै थिए ।
सायद नेपाली कांग्रेसले समयमा नै यो दार्शनिक पुँजीलाई पुँजीकृत गरेको भए नेपालले १७ हजार मान्छेको हत्या बेहोर्नुपर्ने थिएन । अर्थात् माओवादीको आकर्षणको सिद्धान्त समाजिक रूपान्तरण नै थियो । दुर्भाग्यवश कम्युनिस्ट समस्या उठानमा सीपालु भए तापनि समाधानमा कमजोर हुने गर्छन् । माओवादी यसको उदाहरण हुन् । डा. लोहियाले जातीय रूपान्तरण र विद्रोहको प्रयोग भारतीय राजनीतिमा प्रयोग गरे । ग्वालियरको महारानीको विरुद्धमा एक दलित (मेहत्तर्नी) महिलालाई आप्mनो पार्टीबाट टिकट दिए । चुनावी मुद्दामा ‘महरानीको विरोध मेहत्तर्री’ थियो । यो सांकेतिक जातीय समानताको परिसूचक थियो ।
आज नेपालको सबभन्दा महत्वपूर्ण समस्या नेतृत्व वर्गको जीवनशैली र भष्टाचारी कार्यशैली हो । जनताको जीवनस्तर र नेतृत्वको जीवनस्तरमा कुनै तादात्यता छैन । यसै सन्र्दभमा ६ डिसेम्बर १९६३ मा डा. लोहियाले भारतको संसद्मा एतिहासिक भाषण दिएका थिए । प्रतीकात्मक रूपमा प्रधानमन्त्रीको खर्च र साधारण भारतीयको खर्चको लेखाजोखा गरेका थिए । अर्थात् त्यतिखेर साधारण भारतेलीले दैनिक खर्च तीन आना गर्थे भने देशले प्रधानमन्त्रीको दैनिक खर्चका लागि २५ हजार व्यय गर्नुपथ्र्यो । डा. लोहियाले यसलाई राष्ट्रिय बहसको मुद्दा बनाए । आज नेपाली कांग्रेसका ऊर्जावान् कार्यकर्ताहरूले आप्mना नेतृत्व वर्गसँग मितव्ययी हुने अपिल गर्नुपर्छ । नेतृत्वको जीवन पारदर्शी नहुन्जेलसम्म पार्टी बलियो हुन सक्दैन ।
नेपाली कांग्रेस बीपीको सिद्धान्तअनुरूप अहिंसाको बाटो, सत्याग्रहको शास्त्र, प्रजातन्त्रिक प्रगतिको मार्गबाट विचलित हुनुहुँदैन
डा. लोहियाले के भन्ने गर्थे भने फोहोर पानी गंगोत्रीबाट सफा गर्नुपर्छ, नकि गंगाबाट । अर्थात् नेतृत्व पंक्ति परिमार्जित नहुन्जेलसम्म साधारण कार्यकर्तामा चारित्रिक परिवर्तन सम्भव छैन । डा. लोहियाले समाजवादीहरूको चरित्रमाथि बेलाबेलामा कटाक्ष पनि गर्थे । उनी भन्ने गर्थे कि समाजवादीहरू सिद्धान्त र गफमा चतुर भए तापनि संगठनमा कमजोर हुन्छन् । वास्तवमा आज नेपाली कांग्रेसको संगठन नेताहरूले गरेका होइनन् । नेपाली कांग्रेसको संगठन प्रजातन्त्र र खुला समाजमा भरोसा गर्ने सचेत नेपालीले गरेका छन् । नेपाली कांग्रेसले महिला हक हित र महिला नेतृत्वलाई अगाडि बढाउन महाअधिवेशनमा व्यापक बहस चलाउनुपर्छ ।
डा. लोहियाले आप्mनो आलेखमा ‘सावित्री र द्रौपदी’मा नारीवादसम्बन्धी अवधारणा अगाडि राखेका छन् । अर्थात् समाजमा आमूल परिर्वतनको लागि पुरुषसत्तालाई चुनौती दिन प्रश्न र प्रतिवाद गर्नसक्ने नारी द्रौपदी जस्तो हुनुपर्छ । नारी नेतृत्व निर्माणका लागि खास प्रशिक्षणको व्यवस्था पार्टीले गर्नुपर्छ । डा. लोहियाको समाजवादी सिद्धान्तअनुसार हरेक कार्यकर्ताको ठुलो ओजार सत्याग्रह नै हो । डा. लोहियाले सत्याग्रहको माध्यमबाट भारतमा विभिन्न विभेदका कानुनहरूलाई ध्वस्त गराए । अमेरिकाको होटेलमा पनि उनले सत्याग्रह गरे । अश्वेत वार्जेत होटेलमा प्रवेश गरेर त्यहाँको कानुनलाई तोड्दै के टिप्पणी गरेका थिए भने आउने दिनमा अमेरिकाको नेतृत्व अश्वेतले लिनेछ वास्तवमा डा. लोहियाको भविष्यवाणी ठिक साबित भयो । ओभामा राष्ट्रपति बने । प्रिंस्टन विश्वविद्यालयमा उनले आइनस्टाइनसँग पनि शास्त्रार्थ गरेका थिए । डा. लोहियाको दार्शनिक दस्ताबेज ‘सप्त क्रान्ति हो’ भन्ने सामाजिक र आर्थिक रूपान्तरणको प्रारूप उनले आप्mना कृति ‘विल्स अफ हिस्ट्री’मा अभिव्यक्त गरेका छन् ।
वर्तमान परिवेशमा नेपाली कांग्रेसले नेपालको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु छ । तदनुरुप समाजवादको मर्मअनुरूप पार्टी पंक्तिलाई परिचालित गर्नुपर्छ । साम्यवाद विसर्जन भए पनि पुँजीवाद सफल भएको छैन । नेपालजस्तो समाजले भूमण्डलीकरणको दौडमा कुद्न सक्दैन । नेपाली कांग्रेसले बीपीको सिद्धान्तअनुरूप अहिंसाको बाटो, सत्याग्रहको शास्त्र, प्रजातान्त्रिक प्रगतिको मार्गबाट विचलित हुनुहुँदैन । यस अर्थमा नेपाली कांग्रेसले गान्धी, जयप्रकास नारायण, बीपी, डा. लोहियाका सिद्धान्त’bout व्यापक विमर्श चलाउनुपर्छ । विचारको मन्थनबाट निस्केका अमृतले नै पार्टीलाई जीवन्तता दिन्छ ।






