विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भाइरस फेला परेपछि अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन । रोकथाम र सतर्कताका हरेक उपाय अपनाउन सरकार र सम्बन्धित निकायहरूले बेलैमा निर्देशन, सुझाव तथा चेतावनी दिए पनि कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोन नेपालमा प्रवेश गरिसकेको छ । नेपालमा आएका एक विदेशी नागरिक र उनको सम्पर्कमा रहेका अर्का विदेशी नागरिकमा यो भेरियन्ट देखा परेपछि उनीहरूलाई आइसोलेसनमा राखिएको छ । यो भेरियन्ट निकै आक्रामक र संक्रामक रहेकाले ती व्यक्तिहरू नेपाल आउनेबित्तिकै उनका नजिक रहेका मानिसहरूमा कतै यो भेरियन्ट सरिसकेको त छैन भन्ने आशंकाले बाटो छोडेको छैन । यी दुई व्यक्तिमा ओमिक्रोन भाइरस रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि यस’boutमा अध्ययन र अनुसन्धान अझ गहिरिएर गरिनुपर्ने भएको छ । यसको कारण हो, ती व्यक्तिहरूमध्ये ७१ वर्षीय एक जना नेपालमै रहेका र अर्का ६६ वर्षीय व्यक्ति मंसिर ३ गते नै त्रिभुवन विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । हाल यी दुवैमा अति संक्रामक ओमिक्रोन भाइरस देखिए पनि नेपालको जनस्वास्थ्यमा यसले असर पु-याउने देखिएको छ ।
तीव्र गतिमा फैलन सक्ने अतिसंक्रामक यो भेरियन्ट नेपालमा भित्रिइसकेपछि यो अब फैलने क्रम कसरी रोक्ने भन्ने चिन्ता सबैतिर देखिएको छ । यद्यपि उनीहरू नेपालमा आइसकेपछि उनीनिकट रहेर काम गरेका, बसेका वा भेटघाट भएका ६६ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । परीक्षणमा उक्त भेरियन्टको संक्रमणको संकेत नदेखिए पनि उनीहरूलाई निगरानीमा राख्नुपर्ने अवस्था सिर्जना हुन गएको छ । यदि यो भाइरसले नेपाली जीनमा प्रवेश गर्ने र आफूलाई अनुकूल बनाउने मौका पायो भने यो हावा चलेजसरी नेपालभर फैलने देखिएको छ । योभन्दा पनि अझ गम्भीर कुरा त के पनि देखिएको छ भने ओमिक्रोन भाइरस’bout विश्व स्वास्थ्य संगठनले यसको नाम र यसबाट हुन सक्ने गतिशील संक्रामकता’bout घोषणा गर्नुपूर्व नै यो उत्परिवर्तनको भाइरस नेपालमा प्रवेश गरिसकेको पाइएको छ । नेपालमा सो भेरियन्टबाट संक्रमित विदेशी मंसिर २ गते प्रवेश गर्दा यसको ’boutमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान अघि बढाएर थप जानकारी लिन प्रयास गरिरहेको थियो । २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको नयाँ उत्परिवर्तन ‘ओमिक्रोन भेरिएन्ट’ अहिले विश्वका ३५ देशहरूमा महामारीका रूपमा फैलिसकेको छ ।
विश्वस्वास्थ्य संगठनले यसको प्रकृति हेरेर यो भेरियन्ट निकै आक्रामक र संक्रामक देखिएको भनेर पुष्टि गर्नेबेलै यसले विश्वका धेरै देशहरूलाई आफ्नो प्रवाहको आँधीमय लपेटाभित्र बेरिसकेको छ । यसले पहिले भएका उत्परिवर्तन र तिनीहरूले ल्याएका पहिलो, दोस्रो वा तेस्रो लहरबाट भएको जस्तो जिउज्यानको क्षति भने अहिलेसम्म देखिएको छैन । तर, पनि यो भेरियन्ट भर्खरै मात्र सुरु भएको र प्रारम्भिक चरणमा भएकाले यसले कति क्षति पु¥याउँछ भन्ने कुरा यकिन हुन सकेको छैन । यसका ’boutमा अझैं ‘पर्ख र हेर’को अवस्था भइरहेका बेला नेपालका यो भाइरस भित्रिइसकेकाले यसको फैलावट रोकथामका लागि सम्बन्धित निकायले दिन गुणा र रात चौगुणा प्रयास गर्नुपर्ने देखिएको छ । नेपालको जनस्वास्थ्य गम्भीर असर पु¥याउनुअघि नै यसको फैलावटलाई रोक्ने थप वैकल्पिक उपायहरू खोजिनु र व्यवहारमा लागू गरिनु जरुरी हुन आएको छ ।






