लोकतन्त्र, सरकार र शासन

शासन गर्ने अंगहरू र पदाधिकारीहरूबाट विभिन्न प्रकारका नीतिहरूको निर्धारण गरी त्यस्ता नीतिहरूको कार्यान्वयन गर्दा निरन्तर रूपमा अनुगमन गर्ने र विभिन्न शक्ति समूहहरूका बीच सन्तुलित सम्बन्ध कायम गर्दै संगठनको प्रगतिको दिशामा अघि बढ्ने कार्यलाई शासन भनिन्छ । कुनै पनि निकाय, संस्था वा समूहमाथि अधिकारप्राप्त व्यक्तिद्वारा गरिने नियन्त्रणलाई शासन गर्नु भनिन्छ । यो मानव सभ्यताको प्रारम्भसँगै विकसित हुँदै आएको छ । प्रारम्भमा शासन गर्नुभनेको राज्यका नागरिकहरूमाथि सरकारमा रहनेहरूले गर्ने नियन्त्रणका रूपमा लिइने गरिन्थ्यो । तर, राज्य वा सरकारको अवधारणाभन्दा अघि बढेर शासनलाई बुझ्नुपर्छ । विश्वव्यापीकरण, उदारीकरण, निजीकरण, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्धमा भएको विकासजस्ता कारणले गर्दा शासन राज्यको निश्चित सिमानाभित्र सीमित रहन सकेन । अन्तर्राष्ट्रिय जगत्, विश्व संस्था, गैरसरकारी संस्था, नागरिक समाज सबैलाई शासनले समेटनुपर्ने परिस्थितिको विकास हुँदै गयो । राज्य सञ्चालन गर्ने तौरतरिका क्रियाकलाप र पद्धतिलाई नै शासन भन्ने गरिन्छ । प्रजातान्त्रिक शासनमा जवाफदेहिता, जिम्मेवारीपना, पारदर्शिता, कानुनको शासन, स्थायित्व, सामाजिक न्याय, समता, समावेशीकरण, सशक्तीकरण र बृहत् सहभागिताको प्रत्याभूति गर्दै यसलाई सहजीकरण गर्न संरचनात्मक र प्रक्रियागत व्यवस्था मिलाइएको हुन्छ ।

शासनमा संस्थागत एवं वातावरणीय प्रबन्ध र शासकीय शैलीको विकास गर्दा नागरिकलगायत सम्बन्धित सबै पक्ष स्वतः एक आपसमा अन्तत्र्रिmया गर्दै सहभागिता दिँदै राज्यको क्रियाकलापमा संलग्न हुन पुग्छन् । विभिन्न प्रकारका मान्यता रणनीति, दूरगामी सोचका आधारमा लक्ष्य र नीतिको निर्धारण गर्ने प्रक्रियाका रूपमा यसलाई व्याख्या गरिँदै आएको छ । सबै क्रियाकलाप सर्वसाधारण सबै नागरिकको भलाइका दिशामा राज्य संयन्त्र परिचालित भइराखेको छ या छैन, यस्ता विषयमा शासकले चासो राख्छन् । यसबाट सरकारको प्रभावकारिताको मापन गरिन्छ । सबै तह, क्षेत्र र वर्गलाई समेट्दै अघि बढ्ने सन्दर्भमा आफ्ना नीति र प्रक्रिया निर्धारण गर्छ ।

यसैगरी, जुनसुकै पनि राज्य सञ्चालनका लागि सरकारको आवश्यकता पर्छ । सरकारका तीनवटा अंग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका)द्वारा राज्य सञ्चालन प्रक्रिया निर्धारण गरिन्छ । राज्यका सम्पूर्ण मामिलालाई सम्बोधन गर्दै सुसञ्चालन गर्न तयार पारिएको संरचनात्मक र संस्थागत व्यवस्थापन नै सरकार हो । सरकारले राज्यको प्राण प्रतिष्ठा गर्दै यसको तर्फबाट कार्य गर्छ । सरकारलाई अधिकारवादी नागरिकको मौलिक अधिकारको संरक्षण व्यक्ति आफंैले गर्न नसक्ने भएकाले सरकारको आवश्यकता पर्छ भन्छन् । सामाजिक सम्झौतावादीहरूका अनुसार व्यक्तिगत स्रोतसाधन र सामथ्र्यबाट पूरा गर्न नसकिने कार्य सम्पादन गर्न सरकार अस्तित्वमा आउँछ भन्ने गर्छन् ।

शासनको असली परिभाषा भनेकै जनतालाई सर्वसुलभ, सहज र सरल तरिकाले सेवा प्रदान गर्दै आर्थिक र सामाजिकलगायतका क्षेत्रमा समृद्धि हासिल गर्नु हो

आधुनिक राज्य प्रभावकारी रूपमा अस्तित्वमा रहन अन्तर्राष्ट्रिय जगतको मान्यता एवं सहयोगका साथै यसको वैधता र लोकप्रियताका आधारमा आमजनताले दिएको समर्थनमा निर्भर गर्छ । सरकारको स्वरूप निर्धारणमा विविध पक्ष निर्णायक हुन्छन् । परिस्थितिअनुसार यसको स्वरूप पनि अध्यक्षात्मक, संघात्मक, एकात्मक, लोकतान्त्रिक वा संसदीय आदि हुन्छन् । सरकार शासन गर्ने निकायका रूपमा रहेको हुन्छ । यसले निश्चित क्षेत्रभित्रको सार्वजनिक प्रशासनलाई प्राथमिकतामा राख्छ । सरकारले कर्मचारीतन्त्र, निर्वाचित जनप्रतिनिधि, प्रभावशाली विशिष्ट वर्गसँग सामूहिक कार्य गर्नुपर्छ । सरकारको प्रकृति सामान्यतया केन्द्रबाट सञ्चालन हुने प्रकारको हुन्छ । सरकारमा रहनेहरू जनप्रतिनिधिहरूका रूपमा आफूलाई प्रस्तुत गर्छन् ।

यसलाई आफ्ना निर्णय बल प्रयोग गरेरै भए पनि कार्यान्वयन गराउने अधिकार प्रदान गरिएको हुन्छ । सरकार आफंैमा साध्य भने हुँदैन विभिन्न निर्णय लिँदै नीति बनाउँदै कार्यान्वयनमा जाँदा साध्यका रूपमा परिणत हुन्छ । त्यसैले सरकारलाई शासकीय प्रयोजनका लागि तयार पारिएको साधन हो भनिन्छ । सरकारलाई अत्यन्त कठोर संस्थाका रूपमा लिइन्छ किनकि यो आदेशात्मक र नियन्त्रणात्मक हुन्छ । त्यसैले सरकारको आकार र प्रकृत्ति ‘शासन’मा धेरै आधारित हुन्छ । सरकार कस्तो छ ? भन्ने बुझ्न त्यस समाजमा कस्तो प्रकारको शासन व्यवस्था सञ्चालित छ सोको अध्ययन गर्नुपर्छ । शासन व्यवस्था सधंै जनभावना अनुकूल हुनुपर्छ । उल्लिखित शासनको व्याख्या जनतान्त्रिक व्यवस्थासँग मिल्दोजुल्दो छ । यस अर्थमा शासनका आधुनिक समयको सुशासनले समेट्ने सबै विशेषतायुक्त हुनुपर्छ, सोहीअनुरुप सरकार सञ्चालित हुन्छ । त्यसैले तानाशाही व्यवस्थामा शासन र सरकार आधुनिक मूल्य र मान्यताअनुसारको हुँदैन ।

आधुनिक विश्वमा प्रजातान्त्रिक शासन व्यवस्थाले प्रख्याति प्राप्त गर्दै आएको छ । तानाशाह र सर्वसत्तावादी विश्व मानचित्रबाट क्रमशः ओझेल परिराखेका छन् । जनतामा आएको चेतनाका कारण गैरलोकतान्त्रिक शासन व्यवस्थालाई लोकतान्त्रिक व्यवस्थाले विस्थापित गर्दै गएको छ । राजनीतिक आस्था र सिद्धान्तका आधारमा प्रजातन्त्रको व्याख्या छुट्टाछुट्टै हिसाबले गर्ने गरिएको छ । सोही शैली र अभ्यासले त्यस स्थानको शासकीय शैली र सरकारको प्रकृति निर्धारण हुन पुग्छ । उदाहरणका लागि बन्दुकको नाललाई शक्तिको स्रोत मान्दै बर्बरतापूर्ण तरिकाले क्रुर शासन सञ्चालन गने विश्वका साम्यवादीसमेत आफूलाई लोकतन्त्रवादी भएको दाबी गर्छन् । समानतावादी समाजमा सबै प्रकारका असमानता, अन्याय र शोषणको अन्त्य गर्दै सामाजिक न्याय, समानताको सुदृढीकरण साम्यवादबाट सम्भव हुने दाबी उनीहरूको छ, यसैबाट जनताको कल्याण हुने भएकाले साम्यवादी जनताकै लागि काम गरिराखेको दलिल दिने गर्छन् । पुँजीवादीहरू, प्रजातन्त्रवादीहरू स्वतः लोकतान्त्रिक हुने नै भए । त्यसैले सबै प्रकारका शासकहरूका लागि लोकतान्त्रिक सरकार र शासन व्यवस्था उत्तिकै प्रिय भएको देखाइँदै छ । यसबाट शासन प्रक्रिया र सरकार’bout कस्तो प्रकारको सरकार र शासनलाई लोकतान्त्रिक भन्ने विषयमा भ्रम सिर्जना हुन पुगेको छ । यसको समाधानका लागि लोकतन्त्रका विश्वव्यापी सर्वस्वीकार्य केही मूल्य र मान्यता निर्धारण भएका छन् । ती आधार जुन प्रकारको शासन र सरकारमा भेटिन्छन् त्यसैलाई लोकतान्त्रिक शासनका रूपमा लिनुपर्नेहुन्छ ।

प्रारम्भमा सबै प्रकारका राज्यहरूमा आफ्ना आफ्नै शैलीको निरंकुश शासन व्यवस्था लादिएको थियो । जनतामा आएको चेतनाको लहरसँगै लोकतन्त्रको विकास हुँदै गएको हो । त्यसैले शासन व्यवस्था लोकतान्त्रिक हँुदा मात्र जनताको समर्थन एवं अन्तर्राष्ट्रिय मान्यता र सहयोेग प्राप्त गर्ने भएकाले आधुनिक शासन व्यवस्थालाई बृहत् अर्थमा परिभाषा गर्नुपर्छ । यसको बृहत् परिभाषामा जाँदा लोकतन्त्रका आधारभूत मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्नेहुन्छ । यसमा जनताले आफ्नो भविष्यको खाका आफैं निर्धारण गर्न पाउने, आफ्नै प्रतिनिधिद्वारा शासित हुने, आफंैले आफंैमाथि शासन गर्ने, खुला बजार, उदारीकरण, प्रतिस्पर्धी र पारदर्शी समाज, सबै प्रकारका स्वतन्त्रताको पूर्ण उपयोग गर्न पाउने, जनसहभागिताको सुनिश्चितता, बहुलवादी समाज र संस्कृतिको संरक्षणजस्ता महŒवपूर्ण पक्ष समेटिएका हुन्छन् । आधुनिक शासनमा कानुनका दृष्टिमा सबैलाई समान मानिन्छ । सबै शासकीय क्रियाकलाप कानुनको परिधिभित्र रहेर मात्रै सम्पादन गर्न पाइने तरिका हो । शासन व्यवस्था सधैं जनकेन्द्रित हुनुपर्छ । यसो हुँदा असल शासन वा सुशासन भनिन्छ ।

राज्यका सम्पूर्ण मामिलाहरूलाई सम्बोधन गर्दै सुसञ्चालन गर्न तयार पारिएको संरचनात्मक र संस्थागत व्यवस्थापन नै सरकार हो

जब शासकले आन्तरिक बाह्य दुवै जगत्बाट समर्थन र मान्यता प्राप्त गर्छ, सबै जनतालाई शासकीय प्रक्रियामा सहभागी बनाइन्छ । सदाचार, स्वच्छता, सच्चरित्रताका आधारमा शासन र सरकार परिचालित हुन्छ त्यही शासन व्यवस्था दिगो हुन्छ । जनताले स्वामित्व ग्रहण गर्छन् र आधुनिक समाजले स्वीकार गर्छ । यस अर्थमा लोकतान्त्रिक मूल्य र मान्यताविपरीत सञ्चालन भइराखेको सर्वसत्तावादी, तानाशाही शासन व्यवस्थालाई यसले समेट्दैन । तसर्थ विश्वभर नै लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा जनमत देखिँदै गएको छ ।

अब यस प्रकारको लोकतान्त्रिक शासन व्यवस्था र सरकारको ’boutमा खोजी गरौं । विश्वकै सबैभन्दा ठूलो र शक्तिसम्पन्न देश अमेरिकामा लोकतान्त्रिक शासनको लामो अनुभव छ । यही देशले सद्दामलाई मृत्युदण्ड दिन्छ । बाँच्ने स्वतन्त्रताको पैरवी गर्छ । सबै देश सन्त्रासमा बाँच्न बाध्य गराउँछ । पाकिस्तानी भूभागमा बलात प्रवेश गरी ओसामा बिन लादेनलाई मारिदिन्छ । इराक, अफगानिस्तान, सिरियालगायतका मुलुकहरूमा सैनिक हस्तक्षेप गर्छ । यी सबै क्रियाकलाप लोकतन्त्रको सुदृढीकरणको पक्षमा गरिएको दाबी गर्छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विश्वमै चर्चित उत्तर कोरियाका प्रमुख तानाशाह किम जोङसँग मित्रताको प्रस्ताव राख्न पुगेका थिए ।

महिलाहरूको सार्वजनिक रूपमा बेइज्जत गरे तर तिनै सचेत अमेरिकनहरूको मतले विजयी हुन्छन् । मध्यपूर्वमा महिलाहरूलाई विलासिताका साधन र श्रम शक्ति मात्रै मान्छन् । एकतन्त्रीय राजतन्त्र हावी छ । पेट्रोलबाट मनग्य आम्दानी गरेकै छन् । देशको प्रगति भएको छ । भारतमा अयोध्या काण्डमा थुप्रै मुस्लिमहरूको हत्या गर्न सफल नरेन्द्रमोदी जसलाई विश्वका शक्तिशाली देशहरूले प्रवेश दिन समेत बन्द गरेका थिए । उनै ठूलो र सुदृढ भएको लोकतान्त्रिक देशको कार्यकारिणी प्रमुख छन् ।

नेपालकै सन्दर्भ लिने हो भने १७ हजार नेपालीको जीवन लीला समाप्त पार्ने, विदेशी शक्तिको दलालीका आधारमा भूमिगत युद्ध छेड्ने, आतंककारी भनिएकैको हातमा देशको शासन सत्ता पटकपटक पुगेकै थियो । विडम्बनाको कुरा त अधिकांश आफ्ना निहत्था कार्यकर्ताको हत्या गर्ने समूहको नेतालाई नै सबैभन्दा ठूलो र एक मात्र लोकतान्त्रिक दलले समर्थन गरी राष्ट्रको साँचोताल्चा जिम्मा लगाइदिएका थिए । लोकतान्त्रिक दलसँग चुनावी तालमेल गरी सत्तामा जाने रणनीति तय गरिराखेका छन् । सत्तामा पुग्ने सपना बुनिराखेका छन् । त्यसैले आधुनिक शासन पद्धतिका सम्बन्धमा निष्कर्षमा पुग्नु पर्दा साम्यवादी एवं तानाशाही व्यवस्थामा यस प्रकारको शासन ( आधुनिक शासन ) पाइँदैन । कम्युनिस्टहरू प्रजातन्त्रवादी हँुदैनन् । प्रजातन्त्र र साम्यवाद नदीका दुई किनारा हुन जुन एक ठाउँमा मिल्ने वा भेटिने सम्भावना रहँदैन । लोकतान्त्रिक सिद्धान्त अवलम्बन गरेका देशमा समेत पूर्णरूपमा लोकतान्त्रिक अभ्यास कहँकतै पाइँदैन । यस्तो शासनलाई जनताले अस्वीकार गर्छन् । अर्को दल शक्तिलाई सत्तामा पु¥याइदिन्छन् ।

त्यसैले आधुनिक शासन व्यवस्थामा लोकतन्त्रको सुदृढीकरण अत्यावश्यक छ । शासन राज्यका क्रियाकलापमा मात्रै केन्द्रित हुँदैन । यो आफंैमा गतिशील र परिवर्तनशील हुन्छ । परिस्थितिअनुरूप जनतालाई केन्द्रमा राख्दै राज्यका क्रियाकलाप अघिबढ्नुपर्छ । शासनको असली परिभाषा भनेकै जनतालाई सर्वसुलभ, सहज र सरल तरिकाले सेवा प्रदान गर्दै आर्थिक र सामाजिकलगायतका क्षेत्रमा समृद्धि हासिल गर्नु हो । यी उद्देश्य त्यत्तिखेर प्र्राप्त हुन्छन् जब शासनले उल्लेख भएअनुसारका विशेषता आपूmभित्र समेट्छ । त्यसैले विभिन्न कालखण्डमा जनताकै भलाई र सर्वेतोमुखी विकासमा परिलक्षित हुँदै शासन सञ्चालन हुँदै आएको दाबी सर्वत्र गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,610 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स