काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छलेको पाइएको हो ।
‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो । यसरी कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरिन्छ । यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ । भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दै आएको छ । यसको मूल्य ग्रेडिङका आधारमा निर्धारण गरिन्छ । न्यूनतम प्लाइउड ‘ए’ ‘बी’ ‘सी’ ग्रेडिङको हुन्छ ।
‘कच्चा बिल’मा १० करोड, ‘पक्का बिल’मा ७ करोड तर कच्चा नै वास्तविक
ग्रेडिङ प्लाइउडको मोटाइमा निर्भर हुन्छ । ‘ए’ ग्रेडको प्लाई सबैभन्दा राम्रो मानिन्छ र यसको मूल्य अरू ग्रेडभन्दा बढी हुन्छ । कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गरेको देखिएको छ ।
भगवती लेमिनेट्सले प्लाइउडको नेप्लाई ब्रान्ड बजारमा विस्तार गरेको छ । ग्रेड ‘ए’ नेप्लाई, ‘बी’ ग्रेडमा वन प्लस एक्सेल, फस्ट च्वाइस, स्वाभिमान, स्वराज, स्टिलउड र ‘सी’ ग्रेड पावर जोन नाम दिइएको छ । तर, प्रायः ग्रेड ‘ए’ नेप्लाई बेचे पनि बिलचाहिँ ‘सी’ ग्रेडकै बनाउने पनि लेखापालले बताएका छन् ।
भगवती लेमिनेट्सले ‘बी’ ग्रेडिङको प्लाइउडलाई ‘सी’ ग्रेडको मूल्य राखी कर छल्न भ्याट बिल बनाउने गरेको पाइएको छ । उदाहरणका लागि १० लाखको प्लाइउड बेच्दा १ लाख ३० हजार भ्याट दिर्नुपर्छ तर पक्का बिलमा ७ लाख मात्र देखाउँदा ९१ हजार रुपियाँ तिरे पुग्छ । तर, पैसा उठाउन चाहिँ ११ लाख ३० हजार नै उठाइन्छ, परिवारका सदस्य, स्टाफ आदिका नाममा सापटी भनेर चेक काटिन्छ ।
सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । यसो गर्नुको अर्थ मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्नका लागि हो । मूल्य न्यून देखाएर भ्याट छल्ने एक प्रकारको विधि हो भने उत्पादित वस्तु नै अर्को उल्लेख गरेर पनि ठगी गर्ने गरिन्छ ।

भगवती लेमिनेट्स प्रालिका एक जना पूर्वलेखापालले सो कम्पनीले सरकारलाई कसरी ठग्दै आएको छ भन्ने बेलिविस्तार पनि लगाएका छन् । उनले अन्डर इनभ्वाइसिङको सिलिङ देखेर सरकारलाई यो परिमाणमा ठग्नुहुन्न भनेर आफूले भित्री कुरा सार्वजनिक गर्न खाजेको पनि बताएका छन् । उनले मेचीनगर–१०, झापास्थित केन्द्रीय कार्यालयमा लामो समय काम गरेका थिए ।
ढिलो चाँडो कर कार्यालयले समात्ने पक्का भएपछि आफूले जागिर छोडेको उनको भनाइ छ । भगवती लेमिनेट्स प्रालिको बदमासी’bout राजधानीलाई प्राप्त बिलभौचर र बैंकका चेकलाई लिएर राजधानीले काठमाडौंमा रहेर केन्द्रीय भूमिका निर्वाह गर्ने सुमन भैल र सद्दाम हुसेन, पोखरादेखि सुदूरपश्चिमसम्म प्लाइउडको व्यापार हेर्ने मदन ज्ञवाली, जनकपुरदेखि हेटौंडासम्मको जिम्मेवारी पाएका रुपेश झा, विराटनगरदेखि झापासम्मको व्यापार हेर्ने अमित आनन्दलगायतसँग वास्तविकता बुझ्ने प्रयास गरेको थियो ।
सो क्रममा उनीहरूले सुरुमा कच्चा र पक्का बिलको कुरा अस्वीकार गरेका थिए । तर, राजधानीसँग प्रमाण रहेको बताएपछि उनीहरू सबै नाजवाफ भएका थिए । काठमाडौंमा रहेर केन्द्रीय भूमिका निर्वाह गर्दै आएका सुमन भैलले केही दिनअघि मध्यबानेश्वरस्थित विनायक हार्डवेयर एन्ड प्लाइ पसलका सञ्चालक कृष्णबहादुर खुलालसँग भगवती लेमिनेट्सको नाममा चेक नलिई आफ्नो व्यक्तिगत नाममा चेक लिएका थिए । यस’bout जिज्ञासा राख्दा उनले कुनै जवाफ दिन सकेनन् ।
उनले पन्छिँदै भने, ‘हेर्नुस्, म त बजार हेर्ने मान्छे हुँ, बिल काट्ने काम एकाउन्टको हो, यस’boutमा मलाई के थाहा हुन्छ र ? तपाईंलाई यो जानकारी कसले दियो, मेरो मोबाइल नम्बर कसरी पाउनुभयो, त्यत्ति भनिदिनुस् न ।’ नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिमाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।






