काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता २३ वर्षदेखि एउटै रहेको पाइएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अन्तिमपटक आर्थिक वर्ष २०५५-५६ मा एसियाली विकास बैंकको सहयोगमा विस्तार गरेको थियो । त्यस यता विस्तार गर्न सकेको छैन ।
त्यसैबेला निगमले अमलेखगन्ज, थानकोट र पोखराको डिपोको ३० हजार किलोलिटरको भण्डारण गृहको स्तरोन्नति गरी ७० हजार किलोलिटर क्षमताको बनाएको थियो ।
कारोबार वार्षिक २ खर्ब ३२ अर्ब, भण्डारण क्षमता ८ अर्बको मात्र
निगमका अनुसार २३ वर्षअघिको भण्डारण क्षमताले पेट्रोल पाँच दिन र डिजेल आठ दिनको मागलाई धानिरहेको छ । हवाई इन्धन १३ दिन र मट्टीतेल दुई महिनालाई धान्छ । निगमका अनुसार पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
निगमका अनुसार करिब १० प्रतिशत वर्षभरि ट्यांकीमै मौज्दात गरी राख्नुपर्छ । ७१ हजार किलोलिटरमध्ये १० प्रतिशत ट्यांकीमै र बाँकी ६५ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ । यसैगरी ६५ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ ।
देशभर पेट्रोल ९ हजार ३ सय ८४, डिजेल ४६ हजार ५ सय र हवाई इन्धन ८ हजार ५ सय ६ किलोलिटर गरी जम्मा भण्डारण क्षमता ७१ हजार ७ सय ९ किलोलिटर मात्र छ । हाल निगमसँग पेट्रोलियम पदार्थ भण्डारण काठमाडौंलगायतका विभिन्न १२ स्थानमा छन् ।
विराटनगर, जनकपुर, अमलेखगन्ज, मन्थली पोखरा, भैरहवा, भैरहवा पम्प, नेपालगन्ज सुर्खेत, धनगढी र दिपायल छन् । विराटनगर भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ५ सय ६०, डिजल ८ हजार ९ सय १०, मट्टीतेल, २ हजार १ सय ७० र हवाई इन्धन २ सय ८० गरी जम्मा ११ हजार ९ सय २० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।
जनकपुर पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ३० डिजल १ सय ४०, मट्टीतेल ७० र जम्मा २ सय ४० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । अमलेखगन्ज भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल १ हजार ९ सय ३०, डिजल १९ हजार ८ सय , मट्टीतेल १ हजार ५ सय किलोलिटर गरी जम्मा २३ हजार २ सय ३० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।
काठमाडौं भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ६ हजार ६०, डिजेल ८ हजार ४ सय, मट्टीतेल ७ सय ६० र हवाई इन्धन ७ हजार ६ सय ४० गरी जम्मा २२ हजार ७ सय ८० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । निगमसँग मन्थली र भद्रपुरमा हवाई इन्धन भण्डारण रहेको छ । मन्थली २७ किलोलिटर छ भने भद्रपुरमा ५४ किलोलिटर मात्र रहेको छ । यसैगरी, पोखरामा निगमको भण्डारण पेट्रोलियम पदार्थ क्षमता ३ हजार ४ सय ५४ किलोलिटर छ । यस्तै, पेट्रोल ३ सय ५, डिजल २ हजार २ सय ८० मट्टीतेल, ७ सय ६० र हवाई इन्धन ६४ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।
भैरहवा पेट्रोलियम पदार्थ क्षमताको ३ हजार ६ सय ४५ मात्र रहेको छ । जसमा पेट्रोल १ सय ४० डिजल ३ हजार ५५ मट्टीतेल, ३ सय ९४ र हवाई इन्धन ५६ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । भैरहवा पम्पमा पेट्रोल ९ र डिजल १५ गरी जम्मा २४ किलोलिटर रहेको छ । नेपालगन्जमा निगमको पेट्रोलियम पदार्थ भण्डारण ३ हजार ५ सय ३० किलोलिटर रहेको छ । जसमध्येमा पेट्रोल २ सय १०, डिजल २ हजार २ सय ८० मट्टीतेल, ७ सय ६० र हवाई इन्धन २ सय ८० किलोलिटर क्षमता रहेको छ ।
यस्तै, सुर्खेतमा भण्डारण मट्टीतेल र हवाई इन्धन गरी जम्मा १ सय ५ किलोलिटर रहेको छ । यसमा मट्टीतेल ४५ र हवाई इन्धन ६० रहेको छ । धनगढीमा २ हजार ५ सय ५० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको छ । जसमा पेट्रोल ८५ डिजल १ हजार ५ सय ९०, मट्टीतेल ८ सय ३० र हवाई इन्धन ४५ किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । डिजेल ३० र मट्टीतेल ३० गरी ६० किलोलिटर क्षमता भएको भण्डारण छ ।






