सम्झना–बिर्सनाको रिलिज मिति तय

काठमाडौं । गत वर्ष नै रिलिज हुने भनिए पनि कोरोनाका कारण रोकिएको चलचित्र ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति तय भएको छ । अब यो चलचित्र आगामी ६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

निर्माण टिमले यो चलचित्रको फस्ट लुक्स (पोष्टर) सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सुनील थापा, शिसिर राणा र छुल्ठिम गुरुङको मुख्य भूमिका छ । यो फिल्मको फस्ट लुक्समा पूजा र आकाशलाई रोमान्चक शैलीमा प्रस्तुत गरिएको छ ।

निमेष प्रधानको निर्देशनमा तयार भएको यो चलिचत्रको निर्माता आदित्य प्रधान र रेविका प्रधान हुन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीममा छायाँकन गरिएको यो चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । जसमा निमेषकै कथा,पटकथा रहेको छ ।

यो चलचित्रको छायाँकारमा शिब ढकाल, संगीतकारमा राजन इशान र सुदर्शन तामाङ, नृत्य निर्देशकमा कमल राई रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै