प्रधानमन्त्री देउवा भारतमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको यो पाँचौं भारत भ्रमण हो । यसअघि प्रधानमन्त्री देउवा ७–११ भदौ २०७४ मा राजकीय भ्रमणमा भारत गएका थिए ।

भारत भ्रमणको पहिलो दिन शुक्रबार प्रधानमन्त्री देउवाले विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरको भेटपछि देउवा भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत शीर्ष नेतासँग छलफल गरेका छन् । शनिबार बिहान १०ः४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाको शनिबार ११ः१० बजे हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

द्विपक्षीय औपचारिक वार्तापछि शनिबार सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ । नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रम सकिएपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबार ४ बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग भेट गर्ने कार्यतालिका छ ।

आइतबार प्रधानमन्त्री देउवा विशेष जहाजबाट बनारस पुग्ने कार्यक्रम छ । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको दिवाभोजमा उपस्थित भएर दिउँसो ४ बजे दिल्ली फर्कनेछन् । दिल्लीबाट सोही दिन स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

छलफलको कार्यसूचीमा छैन कालापानी र लिपुलेक
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सीमा विवादको विषय कार्यसूचीमा समावेश भएको छैन । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा वक्तव्य जारी गर्ने तर नेपालले चुच्चे नक्सामा समेटेको लिम्पियाधुरा र लिपुलेकको विषयमा नाम उल्लेख नहुने बताइएको छ ।

भारतले नेपाललाई २ सय डायलासिस मेसिन दिने
प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणको क्रममा भारतले नेपाललाई दुई डायलासिस मेसिन दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मेसिन ग्रहण गर्नेछन् । भ्रमण टोलीमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि सहभागी छन् ।

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार तनहुँको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अगाडि बढाइने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वाधार विकास मन्त्रालयका सात जना इन्जिनियर बर्खास्त