काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सेवाबाट हटाएको छ ।
कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको आज प्रकाशित सूचनामा उल्लेख छ ।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेको जनाइएको छ ।
कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा आस्था आचार्य, पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, नरेश थापा र रमेश प्रसाद पौडेल छन् । त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाइएको छ ।

सम्बन्धित समाचार
हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्याउँदै त्रिभुवन विश्वविद्यालय
ट्रक र मोटरसाइकल ठोक्किँदा यादवद्वयको मृत्यु
प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल
भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा १० विदेशी नागरिक निष्कासित
कार्तिक कृष्ण आमावास्या : धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै
विधिपूर्वक गरियो गोबर्धन पूजा
राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक






