काठमाडौं । संगीतकार रामु खड्काको गीत सोझोपन दर्शकमाझ आएको छ । संगीतकारका रूपमा क्रियाशील खड्का गायकका रूपमा समेत देखिएका छन् । सार्वजनिक गीतमा नेपाली लोक तथा दोहोरी गायिका विष्णु माझीसँग उनले आवाज दिएका छन् ।
लोकदोहोरीमा नयाँ प्रयोग गर्ने संगीतकारका रूपमा परिचय बनाएका खड्काले पुरानो धारमा चलेको लोकसंगीतलाई नयाँ मोडमा ल्याएको विश्वास गरिन्छ । गीतमा शब्द सन्ध्या केसी र संगीत स्वयं खड्काकै छ । कपिल लामाको निर्देशन रहेको गीतमा सारिका केसी र हरिकुमार श्रेष्ठले अभिनय गरेका छन् ।
त्यस्तै, सुरेश श्रेष्ठको छायांकन र अमर शाक्यले सम्पादन गरेका छन् । जसलाई मालती डिजिटल प्रालिले बजार व्यवस्थापन गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)






