तिनाउ खोलामा युवतीको शव फेला

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । प्रहरीले घटना’bout अनुसन्धान थालेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी