तुलसीपुरको युवम होटलमा बन्धक बनाइएका युवकको उद्धार

तुलसीपुर । दाङ तुलसीपुरस्थित सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाइएका युवक प्रहरीले उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याल नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलीले दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय केशवकुमार विकको उद्धार गरेको हो ।

दाङका युवाले बुटवलमा बोलाएर एक महिलासँग होटलमा भेट गराएलगत्तै युवकलाई अपहरण गरेर तुलसीपुर ल्याइपु¥याएका थिए । ‘७ लाख नदिए ज्यान मार्ने’ धम्की दिएर युवकलाई होटेलमा बन्धक बनाएर राखेको खबर पाएलगत्तै प्रहरीले दिउँसो साढे ४ बजे होटलमा छापा मारेको थियो । तुलसीपुर प्रहरीलाई दैलेखबाट पीडितकी श्रीमतीले खबर गरेको प्रहरीले बताएको छ ।

फोन गरेर बोलाउने युवती पक्राउ
यसैबीच, घटनामा संलग्न आरोमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–४ का ३५ वर्षीय लिला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल), तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ निवासी २० वर्षका मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ निवासी २४ वर्षीय जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ की २६ वर्षीया निर्मला विक छन् ।

निर्मलाले काठमाडौंबाट दैलेखका लागि बसमा चढेका केशवलाई सम्पर्क गरेर बुटवलमा ओरालेको डीएसपी अर्यालले बताए । पीडित केशवसँग सुकलाल र मनोजको रोजगारी क्रममा साउदीमा चिनजान भएको थियो ।

मार्सल र लिलाको योजनामा निर्मलासहित बुटवल पुगेका उनीहरूले केशवलाई बुटवलमा ओरालेर कुटपिटपश्चात् मंगलबार बिहान २ बजे युवम होटलमा ल्याइपु¥याएका थिए । पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार मार्सल र लीला बाहिर लेनदेन मुद्दा मिलाएर चर्को पैसा असुल्ने धन्दा गर्छन् । केही समयअघि लेनदेन मुद्दा मिलाउने भन्दै एक व्यक्तिकलाई कुटपिटपश्चात् बन्धक बनाएर राखेको उजुरी परेपछि पक्राउ गरेर मुद्दा चलाएको डीएसपी अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु