सुन चाँदीको मूल्यमा लगातार गिरावट

काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो आइतबार प्रतितोला एक हजार ५०० रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार १०० रूपैयाँ घटेर प्रतितोला दुई लाख ६९ हजार १०० रूपैयाँमा किनबेच भइरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ७० हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, हिजो आइतबार प्रतितोला तीन हजार ६०० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ८० रुपैयाँ घटेर तीन हजार ५२० रूपैयाँमा किनबेच भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?