अब रिटार हल्दारको रुपमा हर्के हल्दार

काठमाडौं । कलाकार बिष्णु सापकोटाले बिगत लामो समय देखि हर्के हल्दारको रुपमा टेली सँृखलामा काम गर्दै आएका छन् । कान्तिपुर टिभीबाट आउने हर्के हल्दारमा शिर्ष भूमिका निभाउँदै आएका बिष्णु अब रिटायर हल्दारका रुपमा टेलि सृँखलामा प्रस्तुत हुने भएका छन् ।

उनले उदयमान थुप्रै हास्य कलाकारलाई समेटेर नयाँ हास्य टेलिसँृखला ‘रिटार हल्दार’ दर्शकमाझ ल्याउँदै छन् । आईतबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै अब आफुहरु रिटार हल्दार मार्फत फरक शैलीमा प्रस्तुत हुन लागेको बिष्णु सापकोटाले बताए ।

पत्रकार भेटघाटका क्रममा अभिनेता निर शाहले टेली चलचित्र रिटार हल्दारको पोस्टर सार्वजनिक गरे । सापकोटाका अनुसार यो टेली चलचित्र प्रत्येक सोमवार सांझ ८ बजे मिटिभीबाट प्रशारण हुनेछ । यो सिरियल आएपछि आफु रिटायर हल्दारका रुपमा समेत चिनिने दाबी यी कलाकारको छ ।

भद्र भुजेलको निर्देशनमा बनेको टेली चलचित्रमा बिष्णु सापकोटासँगै स्वीकृति खरेल,लक्ष्मी तिमल्सिना, शिव शर्मा, पिताम्बर आचार्य, गीता ओली, प्रेम खतिवडा, रक्षा सापकोटा, यसोदा सापकोटा, लक्ष्मण नेपाल, सुरेश चौधरी,प्रग्यासी थापा,सानु तिमल्सिना लगायतका कलाकारको अभिनय रहेको छ ।

सुरुमा बिष्णु सापकोटालाई रिटार हल्दार खेल्दा हर्के हल्दार छोड्नु पर्ने दवाव थियो । तर आफुले हर्के हल्दारको चरित्र भन्दा पूर्ण फरक चरित्र यसमा निर्वाह गर्ने प्रतिवद्धता जनाएपछि उनी रिटार हल्दारमा आबद्ध भएका रहेछन् ।

हाँस्य टेलिचलचित्र रिटार हल्दारमा श्रीमती नभएको बुढाको कुण्ठा र आफ्नी श्रीमतीलाइ शंका गर्ने बुढाको चरित्रलाई प्रस्तुत गरिएको बिष्णु सापकोटाले बताए ।

रिटार हल्दारमा गौतमराज खड्काको ग्राफिक्स, राज कार्कीको सम्पादन, आफ्नो स्क्रिप्ट रहने बिष्णु सापकोटाले जानकारी गराए । उनका अनुसार यसमा प्रवेश पोखरेलको छायाँकन, शिर्ष बसन्त सापकोटाको शिर्ष गीत रहेको छ ।

दर्शकलाई अहिलेको अबस्थामा हँसाउँदै विविध सन्देश दिन यो हास्यसृँखला आफुहरुले निर्माण गरेको मिटिभीका कार्यकारी निर्देशक रोशन पौडेलले कार्यक्रममा बताए ।

कलाकार तथा निर्देशक निर शाहले विष्णु सापकोटाले हास्य सृँखला क्षेत्रमा आफुलाई स्थापित गरेकोले रिटार हल्दारले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

घोषणा कार्यक्रममा लय संग्रौला, उत्तम केसी, मुकुन्द किशोर भट्टराई, जितु नेपाल, दमन रुपाखेती, सुरेन्द्र केसी, शैलेन्द्र सिम्खडालगायतले यो सृँखलालाई सफलताको शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
(Visited 607 times, 1 visits today)

epaper

ताजा समाचार

३१ असार २०८३