काठमाडौ । तारकेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादीको सिंगै टिम एमालेमा समायोजन भएको छ ।
एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेत, केन्द्रिय परिषद सदस्य तथा पूर्व वडा अध्यक्ष मधु कार्की , रबिन्द्र केसी, पूर्व गबिस अध्यक्ष तथा एकिृत समाजवादीका बागमती प्रदेश सदस्य उद्धव तिमिल्सिना, जिल्ला कमिटी सदस्य कोमल प्रसाद भट्ट , तानपा ६ का वडा कमिटी अध्यक्ष रिशी घिमिरे, तानपा वडा नं २ का वडा कमिटि अध्यक्ष अर्जुन भण्डारी सहित ४० जना भन्दा बढी एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा समायोजन भएका हुन् ।
शेषमतीमा अवस्थीत दियालो फुड ल्याण्डमा आयोजित समारोहमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , केन्द्रिय प्रचार बिभाग सचिव गगन बिष्ट , जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थीतीमा नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु एमालेमा समाहित भएका हुन् ।
सोही अवसरमा एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेतले अब मुल घर एमालेमै समायोजन हुने बताउदै काठमाडौं क्षेत्र नं ६ लाई एमालेमय बनाउन आफ्नो योग्दान हुने बताए । ‘माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनु भएको छ ।’ बस्नेतले भने । माधव नेपालले कांग्रेसको बुँई चढेर कम्युनिष्ठ आन्दोलनलाई कमजोर बनाउदैं हजारौं कार्यकर्ताहरुलाई राजनैतिक बिचलन बनाएको बताए ।
यस्तै, समाजवादीका बागमती प्रदेश सदस्य उद्धव तिमिल्सिना र केन्द्रिय परिषद सदस्य तथा पूर्व वडा अध्यक्ष मधु कार्कीले माधव नेपाललाई साथ दिएर आत्मग्लानि भएको बताउदै अव एमालेका केही नेताहरुको बिगतका अहमता र गल्ती सँच्याउदै गर्बिलो संगठन बनाउन जोड दिए ।
कार्यक्रमका एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी समायोजन मार्फत कम्युनिष्ट आन्दोलनमा समाजवादी तर्फका नेता तथा कार्यकर्ताहरुको पवित्र भावनाको सम्मान गदै, आगामी दिनमा कार्यकुशलला, क्षमता र पार्टी प्रतिको भूमिकाको आधारमा बिभिन्न तह र तप्कामा सम्मान जनक समायोजन हुने प्रतिवद्धता जनाए ।
पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरे । उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए । उनले एमालेलाई घेराबन्दीमा पार्ने योजना सफल नहुने जिकिर गरे ।
२०७९ बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचन अघि पार्टी समायोजनका लागी पटक पटक बार्ता र संवाद भएपनि एकता हुन सकेको थिएन तर पछिल्लो समय दुबैपक्षका केही नेताहरुको अगुवाई तथा एमाले उच्च स्तरको दवाका कारण तारकेश्वरमा समाजवादी र नेकपा एमाले बीच पार्टी समायोजनको संम्भव भएको हो ।
बिषेश गरि पर्यटन ब्यवसायी तथा एमाले पर्यटन बिभागका केन्द्रीय सदस्य बिष्णु कार्की, पर्यटन बिभागका संयोजक सिएन पाण्डे, भुवन पाण्डे , एमाले नेता योगेन्द्र संग्रौला, रामेश्वर बोहरा, बिश्वनाथ लामीछाने, बासु गौतम सहित जिल्ला अध्यक्ष दिपक निरौलाको अगुवाई तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पहलमा पार्टी समायोजन सम्भव भएको हो ।






