देशको विकास युवाको हातमा रहेको : मन्त्री साह

बारा । नेपाल सरकारको संघिय मन्त्री ज्वाला कुमारी साहले देशको विकास युवाको हातमा रहेको बताईन ।  बाराको कलैयामा रामराजा बहुमुखी क्याम्पसको ४१ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै युवाले नै देशको विकास गर्ने मन्त्री साहले बताईन । अहिले बनेको मन्त्री मण्डलमा युवा शिक्षित, अनुभवी मन्त्री बढी भएकोले देशको विकास दुत्र गतिमा अगाडी बढने बताईन । 

देशको विकासमा शिक्षा अपरिहार्य रहेकोले शिक्षामा बढी जोड दिनु पर्ने बताईन । शिक्षा बिना मानिस आखा भएर पनि अन्धो सरह रहेको मन्त्री साहले बताईन । कलैयाको मुटुमा रहेको सबभन्दा पुरानो क्याम्पसको अवस्था जीर्ण देखेर मन पोलेको बताईन । अहिलेको विकास बाटोघाटो भन्दा पनि शिक्षामा जोड दिनुपर्ने उनले बताईन । 

प्रत्येक वर्ष विधार्थी बढनुले भवनको आवश्यकता पुरा गर्नु पर्नेमा जोड दिइन । बाराको शिक्षामा अग्रगणी भुमिका रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने बताईन । यसै क्याम्पसबाट कयौ डाक्टर, इन्जिनियर, नेता, पुलिस बने यसको संरक्षणमा सबैले जोड दिनुपर्ने बताईन । 

मन्त्रिमण्डलले पुर्णता पाएसंगै आफुबाट हुने हर सम्भव बाराको विकासको लागि पहल गर्ने उनले बताईन । क्षेत्र नम्बर ३ को जनतालाई विशेष धन्यवाद दिदै आफुलाई दिएको जनताको अमुल्य भोटको कर्ज विकासको लहर ल्याएर चुक्ता गर्ने मन्त्री साहले बताईन । 
नगरप्रमुख विनोद साहले गरिव, असाहय, अपाङ्ग सबैलाई निशुल्क शिक्षाको ग्यारेण्टी नगरपालिकाले लिएको बताए । नगर भित्रको कोई शिक्षाबाट बंचित नहुने प्रतिबद्वता गरेका छन् ।

क्याम्पसको अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा भएको कार्यक्रममा, बिशिस्ट अतिथि कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह, उप प्रमुख रौषन प्रविण, नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास, नेपाली काँग्रेसका नेता जोगिन्द्र कुश्वाहा, उधोग बाणिज्य संघका महासचिव राम अशिष साह कानु, क्याम्पस प्रमुख हरिभुषण कुशवाहा वडाध्यक्ष अशोक तिवारी, चन्दन पटेल, निवर्तमान वडाध्यक्ष डा.अख्तर अन्सारी लगायतले शुभकामना दिएका थिए । 

अमित मिश्रले कार्यक्रम सन्चालन गरेका थिए । विधार्थी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार