एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति,आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको बताएका हुन्।

पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिएका छन्। ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपर प्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको उनले आरोप लगाएका हुन्।

उनले ओलीले सुपर प्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरे। उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको बताए । सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतार हतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रूपमा चित्रित गरे।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर