गुल्मी । गुल्मीमा आगोमा जलेर ८४ बर्षिया बृद्धाको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका –१ हस्तिचौरकी ८४ बर्षिया पवित्रा खत्रीको ज्यान गएको हो ।
खत्री शनिबार आफ्नै घरमा आगो बालेर खाना पकाउने क्रममा शरिरमा आगो सल्किएर गम्भीर घाइते भएकी थिइन । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार खत्रीलाई उपचारको लागि पाल्पा लैजाने क्रममा ज्यान गएको हो ।
आगोमा जलेर कालिगण्डकी गाउँपालिका–७ भुर्तुङ्गका दुई युवा पनि घाइते भएका छन । नजिकैको वनमा लागेको आगो निभाउन पुगेका १८ बर्षीय नामु भारती र १६ बर्षीय सुमन भारती गम्भीर घाइते भएपछि किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा सहजीकरणको लागि अस्पताल र पालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)






