बुढा र गणनाले जिते अन्नपूर्ण म्याराथनको उपाधी


विश्वकै कठिन रुट रहेको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करणको उपाधि जुम्लाका धिरबहादुर बुढाले जितेका छन् । उनले ४२.१९५ किलोमिटर दुरु ४ घण्टा १० मिनेटर ५१ सेकेन्डमा पार गरेका थिए । महिलातर्फ भने गणना भण्डारीले ५ घण्टा ४३ मिनेट ०२ सकेन्डमा दुरु पुरा गर्दै उपाधी चुमिन् ।
अन्नपूर्ण सेञ्चुरी महोत्सब अन्तर्गत शनिबार म्याराथन भएको हो । प्रतियोगितामा धिरबहादुरले नेपाल आर्मीका होमलाल श्रेष्ठलाई २ मिनेट ३२ सेकेण्डले पछि पारे । होमलालले ४ घन्टा १२ मिनेट १९ सेकेण्डमा दुरी पार गरे नेपाल आर्मीका बेद बहादुर सुनुवार तेस्रो भए । उनले निर्धारित दुरी ४ घन्टा १६ मिनेट ४८ सेकेण्डमा पुरा गरेको नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले जानकारी गराए ।
महिला तर्फ भने धादिङकी रशिला तामाङ दोस्रो भइन् । उनले ६ घन्टा ५ मिनेट ०२ सेकेण्डमा दुरी पार गरिन् ओखलढुङ्गाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गरी तेश्रो भइन् ।
पुरुषतर्फ विजेता धावक बुढाले १ लाख ५० हजार, दोस्रो स्थान हासिल गरेका होमलालले १ लाख र तेस्रो भएका बेदबहादुरले ७५ हजार नगद पुरस्कार प्राप्त गरे । यमहिलातर्फ प्रथम हुने धावक गणनाले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको हो । म्याराथन प्रतियोगितामा ९ महिला र ४० पुरुष गरी ४९ धावकको सहभागिता रहेको थियो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरविरूध्द काठमाडौं गोर्खाजको जित