चिउँडोमा गोली प्रहार गर्ने महोत्तरीबाट पक्राउ

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टिमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलिबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् । मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवलाई दुई राउन्ड लागेको छ । एक राउन्ड चिउँडोमा र अर्को राउण्ड गोली दाहिने कुममाथि लागेको छ ।

यादवलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सामा लगिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले जानकारी दिएका छन् ।

गोली प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलीको खोका तीन थानसहित प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी