काठमाडौँ । दिवँगत अभिनेता शारुकको मृत्यु’bout पहरीले चाँडो भन्दा चाँडो सत्यतथ्य सार्वजनिक गर्न उनका परिवार र विभिन्न कलाकारले माग गरेका छन् । बिहिबार उनको एउटा भिडियो सार्वजनिक समारोहमा उनीहरुले यस्तो माग गरेका हुन् ।
शारुकले गत २१ असारमा आफ्नै निवासमा देहत्याग गरेका थिए । त्यतिबेला आधा मात्र छायाँकन भएको शारुकको अन्तिम चलचित्र ‘ह्यासट्याग मायाँ’ अब नबन्ने भएको छ । यो चलचित्रको निर्माण पक्षले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै फिल्मको निर्माण अब आफुहरुले पुरा गर्न नसक्ने बताएका छन् ।
निर्माण पक्षले शारुक प्रति समर्पण गर्दै यो गीतको एउटा भिडियोलाई बिहिबार काठमाडौंमा सार्वजनिक गरेको छ । चलचित्र ह्यासट्याग मायाँको लागि छायाँकन गरेर बताईएको यो गीतको भिडियोमा सारुकसँग अभिनेत्री निकिता आचार्यले अभिनय गरेकी छिन्,‘शारुकको स्मृतिमा यो चलचित्रलाई हामीले रिलिज गर्न नसकेपछि उनीप्रति समर्पण गर्दै उनको यो अन्तिम म्युजिक भिडियो आज हामीले सार्वजनिक गरेको छौं । यो भिडियोमार्फत शारुक हामीमार्फत सँधै जिवित रहने छन् ।’ निर्देशक राजिव गुरुङले भिडियो रिलिज समारोहमा बिहिबार बताए ।
यो गीतको भिडियोमा चलचित्र ह्यास्ट्याग मायाँको छायाँकनका केही दृष्य र अभिनेता शारुक एवम् अभिनेत्री निकिताको प्रेम सम्बन्ध दर्शाईएको छ । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए । यो गीतको भिडियोमा अभिनेत्री नम्रता श्रेष्ठलाइर्ए भने समेटिएको छैन । निर्माण पक्षले नै यसमा तम्रता आबस्यक नदेखिएको जनाएको छ ।
यो गीत रिलिज समारोहमा नेपाली चलचित्रमा शारुकको योगदान’bout नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापालगायतले आफ्नो भनाई राखेका थिए ।
छोराको अन्तिम भिडियो कार्यक्रममा रिलिज भईरहँदा दिवँगत अभिनेता ताम्राकारकी आमा रुकमणि ताम्राकारले आँसु थाम्न सकिनन् । उनले निकै भावुक हुँदै आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै भनिन्,‘सरुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठूलो पर्दाममा हेर्न न पाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो ।’
छोराको निधनपछि पति सानु ताम्राकारको स्वास्थ्य अबस्था अझै राम्रो हुन नसकेको बताउँदै आमा रुकमणिले भनिन्,‘छोरा बितेपछि बुबा बिरामी भएर अस्पताल भर्ना भयो । अहिले पनि उहाँ स्वास्थ्य उपचारमै हुनुहुन्छ ।’ छोरा सारुकको निधनपछि सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सो ’bout सत्यतथ्य सार्वजनिक गरिदिन पनि उनले कार्यक्रममा आग्रह गरिन् ।
शारुकको मृत्यु’bout छानविन हुनुपर्छ भनेर आवाज उठाउँदै आएकी अभिनेता सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भनिन्, ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ ।’ उनले अगाडि भनिन्,‘हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग रहेको छ र हामी अनुसन्धान गरिरहनुभएकाहरुप्रति आशावादी छौँ।,’
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले प्रहरीले चाँडो भन्दा चाँडै शारुक मृत्युको ’bout रिपोर्ट सार्वजनिक गर्नु पर्ने माग राखे,‘म यो परिवारसँग जोडिएको चार दशक भईसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिदैन ।’
अभिनेता शारुकले चलचित्र ‘रानी’ बाट नेपाली फिल्ममा अभिनेताका रूपमा डेब्यु गरेका थिए । यसपछि उनले मेरी मामू, इन्टु मिन्टु लन्डनमा जस्ता सिनेमा दिए । आफ्नो चौथो फिल्म ह्यास्ट्याग मायाँको छायाँकनको क्रममा उनले गत २१ असारमा आफ्नै घरमा आत्महत्या गरेका हुन् ।






