एमाले गण्डकीमा ४१ पदमा २७७ उम्मेदवारबीच मतदान हुँदै

पोखरा । पोखरामा जारी नेकपा (एमाले) गण्डकी प्रदशको प्रथम अधिवेशनअन्तर्गत ४१ पदको छिनोफानो मतदानबाट हुँदैछ । यसअघि ४७ जना निर्विरोध भइसकेको निर्वाचन समितिले जनाएको छ ।

बिहीबार मन्ध्याहदेखि सुरु हुने मतदान प्रक्रियामा ४१ पदका लागि २ सय ७७ जना उम्मेदवारबीच इलेक्ट्रिक मतदान प्रक्रियाबाट छिनोफानो लगाइने भएको हो ।

पदाधिकारी ५ सहित कुल १ सय ६२ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव (महिला) गरी ५ पदाधिकारी, प्रदेश खुला ५८, प्रदेश समावेशी १३, संघीय निर्वाचन क्षेत्र १८, जिल्ला भूगोल ६१, लेखा समिति ७ जनाको पदमा निर्वाचित हुने छन् ।

पोखरा सभागृहमा हलमा जारी अधिवेशनमा मतदानका लागि ३३ वटा इलेक्ट्रिक मेसिनका् व्यवस्था गरिएको निर्वाचन प्राविधिक लक्ष्मण रिमालले बताए । मतदान साँझ साढे ५ बजेसम्मलाई तोकिएको छ । मतदान भएको २ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गरिने रिमालले बताए । चुनावमा सुरुमा कुल ३ सय २७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए ।

एमाले गण्डकीको नेतृत्वका लागि नवराज शर्मा र मायानाथ अधिकारी प्यानल चुनावी मैदानमा होमिएका छन् । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विश्वकर्मा, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मि आचार्य, कास्कीका दामबहादुर बिक र म्याग्दीका सन्तोष रावलको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

साथै, उपसचिव (महिला) तर्फ पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ र कास्कीकी मीना गुरुङ प्रतिस्पर्धामा छन् । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले भाग लिएका छन् ।

अधिवेशनको गत १५ असोजमा एमाले महासचिव शंकर पोखरेलले अमरसिंहमा आयोजित समारोहमा उद्घाटन गरेका थिए । २ दिनभित्र सम्पन्न हुने भनिएको अधिवेशन सर्वसम्मत पहलमा अल्झिँदा लम्बिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?