विकास र प्रशासनलाई सर्सर्ती हेर्दा

विषय प्रवेश
सामान्य अर्थमा विकास प्रशासन भन्नाले प्रशासनको विकास र विकासको प्रशासन भन्ने बुझिन्छ । मुलुकी प्रशासन सार्वजनिक प्रशासनबाटै सञ्चालित हुने हो र विकास प्रशासन भने आधुनिक र विकासको लक्ष्यका साथ सञ्चालित हुने हो । सन् १८८७ मा सार्वजनिक प्रशासनका विद्धान् बिड्रो विल्सनले ‘द स्टडी अफ एडमिनिस्ट्रेसन कृति प्रकाशन गरेपछि प्रशासनको विधाका रूपमा यसले चर्चा पाएको हो भने सन् १९४७ को रोबर्ट दलको द टाइम्स अफ पब्लिक एडमिनिस्ट्रेसन प्रकाशनपछि प्रशासन क्षेत्रको तुलनात्मक अध्ययनको दायरा विस्तार भएको हो र सन् १९५२ मा अमेरिकी प्रिन्स्टन विश्वविद्यालयको सार्वजनिक प्रशासन सम्मेलनले अझ यसको अध्ययन, अनुसन्धान थप गरेको हो, तर नेपालमा अध्ययन अनुसन्धान गर्ने भन्दा आप्mनो भुँडी कसरी भर्ने मात्रै सोच रहेको छ, प्रशासनको, राजनीतिको सबैको ।

अहिले नेपालको इतिहास त्यसमा पनि निजामती सेवा ऐनको इतिहासमा पहिलोपटक नौ जना विशिष्ट श्रेणी सचिव पदमा पुग्नुलाई ठूलो गौरवका रूपमा लिइएको छ । संघीयता लादिएको वर्षौँ हुँदासम्म संघीय निजामती सेवा ऐन आउन नसकेको सन्दर्भमा मृत प्रायः भइसकेको पुरानो ऐन कार्यान्वयनमा छ र नयाँ विधेयक आउँदै लाज नमानी फर्कँदै गरेको छ । सार्वजनिक प्रशासनको मूल ध्येय भन्नु शान्ति सुरक्षा नै हो, देशमा क्षमतायुक्त विकासको आधुनिक प्रशासन सञ्चालनभन्दा पनि शान्ति सुरक्षाकै काम हम्मेहम्मे परेको छ ।

सन्दर्भ
नयाँ निजामती सेवा ऐन आउने सुइँको पाउनासाथ राष्ट्रसेवक कर्मचारीले अल्टिमेटम दिए, देशैभरि हजारौं कर्मचारी आन्दोलित हुने भन्दै कालो ब्यानर, हातमा पट्टी बाँध्दै विरोधका कार्यक्रम राख्ने घोषणा गरे गत वर्ष । कर्मचार मध्ये नासुले बजेटमा असहमति राख्दै लामो आन्दोलन पनि गरे । अहिले धेरै काम कागजविहीन हुँदैछ र एयरपोर्टको भन्सार कार्यालय सुन तस्करीको केन्द्र बनेको छ । त्यहाँका कर्मचारीले अवैध आएको सुन देख्दैनन्, मेसिनले पनि नदेख्दोरहेछ, सुन पास भइसकेपछि आकलझुक्कल बाहिरतिर भेटिने गर्छ र छानबिन आयोगले दिएको प्रतिवेदन त देशको उपल्लो अड्डामै भेटिएन रे, पंक्ति तयार गर्दाको सार्वजनिक खबर हो यो । हाम्रो प्रशासन कति इमानदार र दक्ष छ भन्ने प्रमाण हो यो । अद्यागमन कार्यालयका हाकिम लगायत भिजिट भिसामा लामो समयदेखि मानव तस्करी गरिरहेका ३२ जनालाई प्रहरीले पक्राउ गरेको खवर पनि पंक्ति तयार गर्दाकै विषय हो ।

उडानमा संलग्न एनएका कर्मचारी, टिकट बनाइदिने ट्राभल एजेन्सीका व्यक्ति, एजेन्टलगायतको समग्र टिम नै संलग्न भएको भन्दै ३२ जनालाई एकैपटक समतिएछ । कागज बनाइदिने कर्मचारी † त्यो पनि सरकारी छापसहितको, आहा सुन्दै कस्तो विषय छ, निर्लज्ज राजनीतिको संरक्षणबिना यो कसरी सम्भव छ । धेरैपटक प्रशासन हाँकेका पूर्वप्रधानमन्त्री भनौं दलका सभापतिले ‘अरे यार † उहाँलाई छुटाउनु प¥यो’ भनेर भनेको विषय सार्वजनिक भएको केही दिनमै अमूक मन्त्रीज्यू दुई÷तीन तहको अदालतबाट छुट्नुभएको छ, उहाँलाई गर्वका साथ बधाइ दिइएको अवस्था छ, कस्तो संयोग छ हाम्रो र हाम्रो समग्र प्रशासनको ।’

भिन्नता सामान्य र विकासको
सार्वजनिक प्रशासन विकास प्रशासनको तुलनामा बृहत्, बोझिलो र भद्दा समेत हुन्छ, संरचनागत र प्रक्रियामुखी पनि हुने गर्छ । विकास प्रशासन भने समयानुकूल, गतिशील, क्रियाशील र चुस्त समेत हुने गर्छ । अग्रिम लक्ष्य तोकिने हुँदा परिणामुखी हुन्छ, विकास प्रशासनले तोकिएका प्रक्रिया समयमै पूरा गर्नुपर्ने हुन्छ । सार्वजनिक प्रशासनमा प्रक्रिया बढी हुनाले कार्य सम्पादनमा ढिलो हुन सक्छ । उत्तरदायित्वको दृष्टिले पनि सार्वजनिक प्रशासन केन्द्रमुखी र प्रत्यायोजित अधिकार मात्र प्रयोगमुखी हुने गर्छ । विकास प्रशासन केन्द्रप्रति जिम्मेवार भए पनि जनमुखी र सहभागितात्मक हुने गर्छ ।

विकासोन्मुख देश नेपाललाई सघाउने नीति अरू देशले लिएका छन् तर हामीले सन्तुलित गर्न भने जानेका छैनौं

सार्वजनिक प्रशासनमा झैं विकास प्रशासनमा माथिका निर्देशन र नियन्त्रणलाई पर्खिरहनु नपर्ने हुन्छ । समुहद्वारा लक्षित परिणाममा प्रतिबद्ध भई स्रोत साधनको परचालन मार्फत् परिणाम प्राप्त गर्न सक्षम हुन्छ । सार्वजनिक प्रशासनमा यथास्थिति, कठोर र नियन्त्रण पद्धति हुन्छ भने विकास प्रशासन संगठनात्मक परिवर्तन एउटा निरन्तर प्रक्रियाको अभियान अंगिकार गर्दै क्षमता र कार्य कुशलताको उद्देश्य बोकी अगाडि बढ्छ । हामी भने न विकास प्रशासन न सार्वजनिक प्रशासन दुवैमा चुकेका छौँ ।

नेपालमा विकास प्रशासनको सुरुवात र प्रयोग वि सं २०१३, योजनाको भरपर्दो विकासको अवधारणासँगै सुरुवात भएको हो । मुलुकको सर्वांगीण विकास, लक्ष्य, उद्देश्य र समग्र कार्यक्रम जनमुखी र समावेशी होस् भन्ने आधारमा विकास प्रशासनको अवधारणा विकासोन्मुख मुलुकले अंगीकार गरेदेखि नै नेपालमा पनि संलग्न जनशक्तिको कार्य र उत्तरदायित्वको स्पष्ट व्याख्या, व्यवस्था, कार्य सम्पादन, योग्यता र वृत्ति विकासका पक्षले समेत स्थान पाउने प्रयासस्वरूप नेपालमा विकास प्रशासनको अवधारणा आएको होे । त्यस्तै, परिणाममुखी प्रशासन, शासकीय सुधार, विकेन्द्रीकरण र कुशल सक्षम प्रशासन सञ्चालन गर्ने उद्देश्यअनुरूप यसको आवश्यकता भएको हो । २०१३ सालदेखि नै आरम्भ भएको योजनाबद्ध विकासको अवधारणासँगै विकास प्रशासनको अवधारणा स्पष्ट भएको र साधारण र विकास गरी दुईथरि बजेट वर्गीकरण हुने गरेको हो ।

क्रमशः प्रशासन सुधारोन्मुख हुँदै छैठौं पञ्चवर्षीय योजना आरम्भ समय २०३७ सालदेखि विकास प्रशासन नीति आरम्भ भएको हो । नवौं योजना २०५४ देखि विकास व्यवस्थापनको प्रयोग छिटोछरितो र सक्षम अनि सेवामूलक र जनउत्तरदायी पशासन सञ्चालन गर्ने क्रममा विकास प्रशासनले थप आफ्नो उपस्थिति दर्साएको देखिन्छ । १०औं योजनामा सुशासनको प्रयोग र पछिल्ला अन्तरिम योजनामा पनि प्रशासनिक सुधारका क्षेत्रमा धेरै कुरा बोलेको र चालू १५औं योजनाले आप्mनो नाराले क्षमताको विकास, घर दैलोको सेवाप्रवाह, चुस्त र सक्षम प्रशासन पनि भनेको छ र पनि हाम्रो दैनन्दिन प्रशासनिक सेवा प्रवाह सक्षम हुन सकेको छैन, राजधानीको फोहोर बिसर्जन गर्दा गोली चल्यो, मेलम्ची अभैm आएन, बरु भ्युटावर, धरहरा, भैंसेपाटीका आलिशान महल भनौं धेरै अनुत्पादक कार्य भने समयमै भए ।

अन्य देशभन्दा नितान्त पृथक ढंगको काम प्रशासनको केन्द्रीय भूमि सिंहदरबारमै निजामती सेवाका कर्मचारी १०औं हजारको संख्यामा आन्दोलित भएको देखियो । देशमा व्यवस्था धेरै परिवर्तन भए, अवस्था झन् बिग्रियो र आधा मान्छे बिदेसिएका छन्, देशको पुस प्mयाक्टर हाइ भएर ।

राणाकालमा कर्मचारीलाई ढोके र हुक्के भनियो, अहिले कर्मचारीहरू दलका खेताला भएका छन् र सचिव र मन्त्रालयका मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको मसी नसुक्दै सचिवको सरुवा भइसक्छ, स्वास्थ्य जस्तो संवेदनशील सेक्टरमा वर्षदिन नहुँदै आधा दर्जन सचिव फेरिएको अतीत बिर्सिएको अवस्था छैन र अहिले पनि पंक्ति तयार गर्दै रहँदा बूढो वीर अस्पतालको ल्याबसेवा सञ्चालनमा अवरोध र ओपीडी टिकट नै सकिएको भन्ने खबर बाहिर आएको छ । काम विशेषले अस्पतालको एक कक्षमा पुगिरहँदा अमूक कर्मचारीको विषयमा चर्चा सुनियो कसैले भन्दै थिए ‘उहाँ अधिकृत त दलको एजेन्ट हो’ भनेर । यसै साता एक पूर्वसचिवसँग पंक्तिकारको एउटा संवाद कार्यक्रममा भेट भयो, उनले भने ‘हेर्नुस्न सञ्चारको एउटा अफिसमा पुगेको काम विशेषले आज, त्यहाँका एक कर्मचारीले भने, ‘विचौलियाको काम मिलाइदिँदा नै समय अपुग हुन्छ अरूको काम हेरिदिने फुर्सद नै हुन्न ।’

सुधारका लागि गठित आयोगका कैयन प्रतिवेदन दराजमै थन्क्याउँदै नेतृत्वले आफ्नाे दुनो सोझ्याउन छाडेन

सर्वांगीण र सन्तुलित विकास आजको आवश्यकता हो । विकास कार्यक्रमले सफलता हासिल गर्न नसकेको हाम्रो परिवेशमा नवीनतम सोच अभिवृद्धि हुनु जरुरी थियो, यस्ता विषयले हाम्रो विकास प्रशासन आलोचनामुक्त छैन भन्ने पुष्टि हुन्छ । त्रेतायुगमा रामविरुद्ध एक धोवीले जनमत बोलेको भन्दै राजा रामले सीता नै परित्याग गर्ने जमाना थियो, अहिले अति भएर नेतामाथि ढुंगा हान्दा पनि त्यो राजनीतिक व्यक्ति होइन, खुस्केट हुनुपर्छ भनिन्छ र सरकारले अनेक विषयमा भर्खरै हडताल आदिमा निषेध गरेको छ र कैयन ठाउँहरू विरोधका लागि निषेध गरेको छ । दलहरूले टुँडिखेल प्रयोग गरेर आन्दोलन गरे सत्ता पाए, अहिले त्यहाँ ठुलै ताल्चा लागेको छ, भन्ने सुशासन र पारदर्शिता तर गर्ने अर्कै काम कति सजिलो छ लोकतन्त्रमा ।

अन्त्यमा
इतिहास हेर्दा देशमा विकास प्रशासन सञ्चालनको अवधारणाले ७ दशक बढी समय लिइसकेको छ । २००९ सालको बुच कमिसनदेखि प्रसाशनका सुधार र नयाँ आयाम स्थापित भइसक्दा पनि हामी आफ्नो उद्देश्य र प्रगतिमा पछाडि नै छौं । प्रशासन सुधारमा सुरुका प्रयत्न नतिजामुखी प्रशासन र भरपर्दो क्षमतावान् प्रशासनको सुदृढीकरणमा हामी अग्रसर भए पनि प्रशासन सुधारका लागि प्राप्त सुझावलाई सही कार्यान्वयनमा हामी पछाडि छौं, सुधारका लागि कैयन आयोगका प्रतिवेदन आए, तर सबैजसो दराजमै थन्किए, नेतृत्वले आप्mनो अनुकूल प्रयोग ग–यो । संगठन सक्षम चुस्त र दुरुस्त राख्ने क्रममा प्रशासनिक संगठनको केन्द्रीय निकाय मन्त्रालयका सख्या कम गर्ने सुझाव भए पनि यसको ठीकविपरीत प्रशासनिक संस्था अधिक भए, सेवाप्रवाह चुस्त हुन सकेन, योजनाको सही कार्यान्वयन हुन सकेन, र हाम्रो प्रशासन अझ परम्परागत, जिम्मेवारी पन्छाउने प्रवृत्तिको रह्यो ।

सन् १९३० को विश्व आर्थिक मन्दी, प्रथम र दोस्रो विश्वयुद्धले देखाएको दुष्परिणाम, नवोदित राष्ट्रको छिटो प्रगतिको चाहना, संयुक्त राष्ट्र संघको उदय, कल्याणकारी राज्यको अवधारणा, मानव अधिकारको सोंच, आर्थिक र प्राविधिक सहयोगको विश्वव्यापी होड, राज्य राज्यबीच मैत्रीको परिकल्पना विश्व एक गाउँ भन्ने नवीन सोच विविध कारणले संसारभरि नै विकास प्रशासनको अवधारणा आएको हो । खासगरी अमेरिकी विद्धान्बाट प्रतिपादित यस्ता सोचहरू विश्व सबैतिर छरिन पुगे । पीएड्वार्ड वाड्रनर नै विकास प्रशासनका जनक हुन् । उनी पछिका पुस्ता फ्रेडरिग्स, प्लेम्बरा, अल्वर्ट वारस्टोन, आमिंग स्वेडलो आदि विद्धान्ले यी विषयलाई मलजल गरे ।

विकासोन्मुख मुलुक नेपाल जस्तालाई सघाउने नीति सबैैले लिएका त छन् हामीले सन्तुलित गर्न भने जानेका छैनौं । सन् १९३० को मन्दीपछि अमेरिकी टेनेसी भ्याली अथोरिटि परियोजना र युरोपको मास्टर प्लानले योजनाबद्ध विकासको अवधारणा तेस्र्याएपछि विकास प्रशासनको अवधारणाबाट सबै मुलुक प्रभावित र मोहित हुँदै आउँदा थिच्चिदै, घिस्रिँदै हामी पनि पछि लागेका छौँ, उठ्ने कहिले हो थाहा छैन, विश्वमा हामीभन्दा पछिका धेरै माथि उठिसके । परिवर्तन धेरै भए पनि शासनमा अनुहार उस्तै देखिए, संविधान नै त्यस्तै आफु मात्र खेल्न मिल्ने बनाइएको छ, भन्ने गठबन्धन हुने ठगबन्धन भन्ने गरेको पनि धेरैको मुखबाट सुनिएको छ ।

मिलिजुली राजपाठ बाँडौं, देश जता जाला जाला भन्ने सोच बढेको छ । विद्वान् मन्टगोमरी र स्टोफनले मुलुकले सञ्चालन गर्ने विकास प्रशासन भनेको वाञ्छित परिवर्तनको त्यस्तो पक्ष हो जुन सरकारी क्रियाकलापद्वारा योजना र अनुमान गरिएको हुन्छ । विद्वान् द्विवेदी र अर्का विद्वान् जैनले विकास प्रशासनलाई सार्वजनिक प्रशासनको पक्षसँग जोड्दै सरकारी प्रभावद्वारा प्रगतिशील राजनैतिक र सामाजिक उद्देश्यको परिवर्तनमा केन्द्रित हुने बताए, तर हाम्राहरूले भने सत्ताको साँचो लिने मात्र काम गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 766 times, 1 visits today)

epaper

ताजा समाचार

जंगली च्याउ खाँदा सिन्धुलीमा ६ जना विरामी