बालकुमारी हत्या प्रकरण: सहिद घोषणा र मन्त्रीको राजिनामा माग

दैलेख । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार दैलेख बजार र सुर्खेतको वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका थिए भने सुजनको जिल्लामा युवाहरुले नारा जुलुस गरेका थिए ।

उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको बताए । आन्दोलनमा सहभागी दैलेखका नवीन योगीले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन स्थगित नहुने बताए । ‘यो अहिले सांकेतिक रुपमा मात्रै हो, यो सरकारले आफू बिरामी भएको नाटक गरिरहे हामी चर्को विद्रोह गर्न बाध्य हुने छौँ,’ उनले भने, ‘मृत्यु भएका दुई जनालाई सहिद घोषणा गर्नुपर्छ ।

त्यसै गरि दैलेखका युवा नेता जनक शर्मा भने मृतकका परिवार उचित क्षतिपूर्ति मृतकलाई सहिद घोषणा,रावतका र शाहका आफन्तलाई रोजगारी स साना भाइ बहिनिहरुलाई शिक्षा,दीक्षा ब्यबस्थापन गर्नुपर्ने बताए । यदि सरकार द्दारा माग सुनुवाई नगरेको खन्डमा थप शशक्त आन्दोलन गरिने त्यो आन्दोलनको जिम्मेवार सरकारले नै लिनुपर्छ,युवा नेता शर्माले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा