एमाले दैलेख जिल्ला अधिवेशन माघमा

दैलेख । नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए । दलितको हकमा भने बीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि अधिवेशनमा सहभागी हुन पाउने उनले जानकारी दिए

पार्टी कार्यालय सचिव उपाध्यायका अनुसार दैलेखका ११ वटा स्थानीय तहमा पार्टीका ६ हजार ६५३ जना संठित सदस्य छन्।आठौँ जिल्ला अधिवेशनमा भने अहिलेको जिल्ला कमिटीका १०६ जना आयोजक हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह