मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि

काठमाडौँ । लियोनेल मेसीले फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको बार्षिक कार्यक्रममा मेसीलाई २०२३ को बर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको बर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा बर्ष खेलाडीको अवार्ड समेत जितेका छन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको बर्ष खेलाडीको अवार्ड जितेका थिए । त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला बर्ष खेलाडीको अवार्ड जितेकी छन् ।  त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको बर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।   
     

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?