‘३ लाख नभएर छोराको उपचार नहुने भो सरकार ?’

बझाङ । छोरा थला परेको एक बर्ष भयो । हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे ।

अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन ।

सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् ।

उनलाई डाक्टरले पनि ३ लाख रुपैया जम्मा गर अप्रेशन गर्नु पर्छभनेका छन् । अप्रेशन पछी छोरो आफै हिड्न सक्ने र खान सक्ने सम्म हुन्छ रे । अप्रेशन गर्ने भनेको पनि एक महिना पुग्यो । पैशा जम्मा गर्न नसकेकै कारण अप्रेशन सुरु गरेको छैन । डाक्टरले भित्रको खर्चमा आफुहरु सहयोग गर्न तयार रहेको भनेपनि अन्य खर्चका लागि औषधि किन्नका लागि वा बाह्य खर्च र केही भित्रको खर्च गरेर ३ लाख रुपैया उपचारमा लाग्छ रे,३० हजार जम्मा गर्न पनि मलाई धौ धौ भएको छ ।

चारैतर्फ हारगुहार गरी सके । सहयोग पाईने बाटो देखेको छैन । कतिकतिबेला आफै मरौकी भन्न सम्म पुग्छु । छोराको उपचार गराउनका लागि आफ्नो शरिरका अंङ्ग समेत विक्री हुने भए विक्री गरिदिन्थे । मैले सबै विकल्पको खोजी गरेर थकित भैसके तर ३ लाख जम्मा गर्न सकेको छैन । यो चित्कार थलारा गाउँपालिका वडा नम्बर ५ का रघुनाथ पाध्याको हो ।

गत बर्ष उनका छोरा १७ बर्षिया राजेन्द्र पाध्या अचानक विरामि परे । उनले सामान्य होला ठिक भैहाल्छ भन्ने सोचेर उपचार गर्न अघि बढे । रोग झन झन बल्झीदै गयो । कम्मर भन्दा तल्लो भाग नचल्ने भयो । उनि झन आत्तिए । आफन्त ईष्टमित्र मान्ने जति सबैलाई सहयोग मागेर उपचार गर्नमा ब्यास्त रहे । अहिले पनि ब्यास्तै छन् ।

उपचारको सबै प्रकृया अघि सारेर अन्तिममा अप्रेशन गर्नु पर्ने र छोरा ठिक हुने सल्लाह डाक्टर दिएको समयमा उनि निकै खुःसि भए । तर पैशा अभावका कारण जब अप्रेशन रोकीयो । छोरा विरामी भएर थला परेको छ भने रघुनाथ छोराको उपचार गर्न नसकेको भनेर चिन्ताले थला परेका छन् । अहिले थला परेका राजेन्द्रको उपचार काभ्रेको स्पाईनल स्थापना केन्द्र मा भई रहेको छ ।

उनको घरमा पनि कोही छैनन् । श्रीमति र उनकी ७० बर्षिया आमा मात्रै घरमा हुनुहुन्छ । उनिहरु घरमा बस्दैनन् । छोरा र नातीको उपचारका लागि कहि केही ऋण मिल्छ कि भन्दै गाउँ गाउँ डुल्छन् । अहिले त गाउँ र आफन्तलाई चाहार्नु पनि बन्द गरी सके । कहि कतै पैशा नपाएपछी उनिहरुले गाउ जानु आफन्तहरुलाई भेट्नु बन्द गरेका हुन् । मान्ने जती धेरै जस्तो आफन्तले त सहयोग गरी सके क्यारे ।

अब अन्तिममा उपचार गरी निको हुने समयमा पैशा नपाएर छटपटाहट हुनु परेको छ । विराम पत्ता लागेर अप्रेशन गर्दा पैशा नभएर रोकीएको रघुनाथ पाध्याले बताए । उनले भने ‘सरकारी गैर सरकारी निकाय संग हारगुहार गरी रहेको छु । खातामा ३०।४० हजार मात्रै जम्मा भएको छ । कहिले ३ लाख जम्मा होला र कहिले छोराको अप्रेशन गरौला भन्ने कुराको पर्खाईमा छु । ‘हे दैब हामि गरीब माथि दया गरी देउ ।

दैनिक रुपमा ३।४ हजार खर्च हुन्छ । धन्न अस्पतालले ठुलो सहयोग गरेको छ । नभए विरामी छोरालाई नै लिएर घर फर्कनु पर्ने थियो । एक तर्फ खानाको जोहो गर्न धौ धौ छ भने अर्को तर्फ छोराको उपचारका लागि पैशा जुटाउन । अब आफु संग विकल्प कुनै पनि नरहेकाको बताउदै उनले रुदै भने अब कि मर्नु र कित विरामी छोरालाई घर लिएर फर्कीनुको विकल्प बाहेक म संग छैन ।

कुन दैबले मेरो छोराको उपचार गरीदेलान् ? हामी गरीब माथि कुनै दैबको नजर परिदिए हुन्थ्यो । छोरा छटपटाएको हेर्न सक्दैन । जब अन्तिममा उपचार हुने र अप्रेशन हुने कुरा डाक्टरले भने तर अनि संग न पैशा छ न सम्पती । जसका कारण छोरो बेडमा छटपाउनु परेको छ भने रघुनाथले छोरालाई हेर्दै छटपटाउनु परेको छ’।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३