काठमाडौं । यूएस सोयाबिन एक्स्पोर्ट काउन्सिल (यूएसएसईसी)द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो पाँचौं वर्षको अवसर पारेर २७ फेबु्रअरीमा प्रोटिन दिवस मनाउने भएको छ । काउन्सिलले यो वर्ष विषयवस्तुका रूपमा ‘सल्भ विथ प्रोटिन’ अर्थात् ‘प्रोटिनले समाधान गर्नुहोस्’ अवधारणा अगाडि सारेको छ ।
‘प्रोटिनले समाधान गर्नुहोस्’
काउन्सिलले व्यक्ति, व्यवसाय र उद्योगका नेतृत्वकर्तालाई प्रोटिनयुक्त खाद्यपदार्थको बढ्दो मागलाई सम्बोधन गर्न, नेपाल र ठूला दक्षिण एसिया क्षेत्रका नागरिकका लागि पहुँचयोग्य प्रोटिन उपलब्ध गराउन एकजुट हुन पनि आह्वान गरेको छ ।
अत्यावश्यक म्याक्रोन्युट्रिएन्टका रूपमा प्रोटिन’bout बुझाइको कमीले अपर्याप्त मात्रामा यसको खपत हुने गरेको छ ।
नाराले विभिन्न ब्रान्ड, नागरिक अगुवा, मिडियाकर्मी तथा नागरिकलाई प्रोटिनको प्रयोगले स्वस्थ समाज निर्माणमा सहयोग पु¥याउने भन्दै यो सन्देशलाई व्यापक बनाउन पनि उसले आग्रह गरेको छ ।
काउन्सिलले भनेको छ, ‘यसले दैनिक आहारमा समावेश गर्न सकिने सुलभ प्रोटिन खाद्य स्रोत’bout नागरिकलाई जानकारी गराउन र ‘पोषण सुरक्षा’लाई वास्तविकता बनाउने प्रयास अगाडि बढाउन छलफल चलाउने र समाधान उजागर गर्ने लक्ष्य पनि राख्छ ।’
‘दिगो खाद्य प्रणालीमा केन्द्रित भएर खाद्य सुरक्षाप्रति नेपालको प्रतिबद्धता प्रस्ट छ, तर हामीले हाम्रो दैनिक आहारमा भटमास जस्ता विभिन्न प्रोटिनयुक्त खानेकुरा समावेश गर्ने कुरालाई प्राथमिकतामा राखेर पोषण’bout चेतना अभिवृद्धि गर्न थप प्रयास गर्नु आवश्यक छ । यो प्रोटिन दिवस २०२४, स्वस्थ खानपानको प्रवर्धन, पोषण मिथकहरू हटाउन र दीर्घकालीन रूपमा स्वस्थ जीवनको समाधानका रूपमा प्रोटिन खपतको महत्व’bout नागरिकलाई शिक्षित गरेर ‘प्रोटिनले समाधान’ गर्न सहकार्य गरौं,’ नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले भनिन् ।
उनले भनिन्, ‘नेपालमा लाखौं मानिसलाई पर्याप्त खाद्य सुरक्षा चाहिन्छ किनकि लगभग आधा जनसंख्या कुनै न कुनै स्तरको प्रोटिन–ऊर्जा कुपोषणबाट प्रभावित छ र यो एउटा समस्या हो जसलाई स्पष्ट रणनीतिका साथ सम्बोधन गर्न आवश्यक छ । हामीले हाम्रो दैनिक आहारमा पर्याप्त मात्रामा प्रोटिन उपभोग गर्नुको आवश्यकता’bout नागरिकलाई शिक्षित गरेर सकारात्मक प्रभाव पार्ने ‘प्रोटिनले समाधान’मा अपार सम्भावना देखेकी छु्, म्याक्रोन्युट्रिएन्टका रूपमा प्रोटिनका कारण धेरै विद्यमान स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न, सबै उमेर समूहको स्वास्थ्य अवस्था ठिक राख्न र हाम्रो समुदायको कल्याणमा योगदान गर्न सकिन्छ,’ उनले भनिन् ।
यूएस सोया मार्केटिङ एन्ड सस्टेनेबिलिटी– दक्षिण एसियाका क्षेत्रीय प्रमुख दिबा गियानोलिसले सबै डाक्टर, पोषणविद्, स्वास्थ्य क्षेत्रका प्रभावशाली व्यक्ति र समुदायलाई राम्रो स्वास्थ्यका लागि प्रोटिन खपतलाई प्राथमिकता दिन सचेतना जगाउन र नागरिकलाई सशक्त बनाउन प्रोटिन दिवस कार्यक्रममा सामेल हुन आग्रह गरिन् । उनले भनिन्, ‘अमेरिकी सोया विश्वव्यापी रूपमा पोषणका लागि बढ्दो माग पूरा गर्न प्रतिबद्ध छौं, हामी उच्च गुणस्तरीय, सुसंगत, र भरपर्दो उत्पादन र सामग्रीहरू प्रदान गर्दै समुदाय र व्यक्तिको समृद्धिलाई अगाडि बढाउने प्रयासमा छौं । व्यवसाय र उपभोक्ताको बहुआयामिक चुनौतीका लागि नवीन समाधानहरू प्रदान गरेर, हामी अधिकतम दक्षताका साथ आपूर्ति शृंखलालाई सुव्यवस्थित गर्ने लक्ष्य राख्छौं । ‘राइट टु प्रोटिन’ पहलको प्रमुख शक्तिका रूपमा, हामी यस वर्षको ‘सल्भ विथ प्रोटिन’को विषयवस्तुलाई गर्वका साथ समर्थन गर्छौं । यो केवल उद्योग सरोकारवालाका लागि मात्र नभएर व्यक्तिका रूपमा पनि दक्षिण एसिया र त्यसभन्दा बाहिर स्वस्थ, प्रोटिन–सचेत समाजको निर्माण गर्न एकजुट हुन एक शक्तिशाली आह्वान हो ।’
राइट टु प्रोटिनले हरेक खानामा प्रोटिन जागरूकता र खपत बढाउन पोषणविद्, खाद्य उद्योग विशेषज्ञ, सेफ, फुड ब्रान्ड र नागरिक अगुवालगायत अन्य समर्थकका साथमा फेबु्रअरी २७ मा प्रोटिन दिवस २०२४ मनाउने तयारी गरेको छ ।






