आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा


जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ ।

भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षिय शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा दुई दिनअघि भर्ना गरिएको थियो ।

आइसोलेशनमा उपचार राखि उपचार भइरहेको ती महिला सोमवार अस्पतालबाट फरार भएकी थिइन । कोरोना शंकास्पद बिरामी अस्पतालबाट फरार भएको खबर बाहिरिएपछि खोजी शुरु गरेको थियो । प्रहरीले ती महिलालाई सपहीबाट पुनः नियन्त्रणमा लिई अस्पताल पुर्याइएको जानकी प्रहरीले दिएको छ ।

जब छोराले घरमा बस्न दिएनन्

भारत विहारको झँझारपुरबाट एक साता अघि आएकी खातुनलाई सर्दी, खाँसी र ज्वरो देखिएपछि छोराले घरमा बस्न दिएन । त्यसपछि उनी छोरी कहाँ गइन, तर छोरीले पनि घरमा बस्न दिइनन् । त्यसपछि उनी अस्पताल पुगेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

संसदमा अब दोहोरिने छैन ‘जबरा नियति’