समुद्रबाट मिथेन उत्सर्जनको चिन्ता

अहिले ‘आइकन आफ द सी’ नामक सबैभन्दा ठूलो पानीजहाजले सामुद्रिक यात्रा सफलतापूर्वक गरिरहेको छ । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामीबाट यात्रा थालेको यो जहाज महासागरमा अघि बढिरहेको छ । आजका दिनमा यो उत्तरपश्चिम एटलान्टिक महासागरमा आफ्नो यात्रा अघि बढाइरहेको छ ।

३ सय ६५ मिटर लामो तथा २ लाख ५० हजार ८ सय टन गह्रुंगो यो पानीजहाजले यसमा प्रयोगमा ल्याइएको इनधनका कारण वातावरणीय प्रश्नहरू उब्जाएको छ । यसमा प्राकृतिक ग्यासलाई तरल बनाएर इन्धनका रूपमा प्रयोग गरिएको छ । यो तरल प्राकृतिक ग्यास यदि समुद्रमा लिक हुनपुग्यो भने यसले मिथेन नामक ग्यास उत्सर्जन हुनपुगी वातावरण र मुख्यगरी वायुमण्डलमा भयावह अवस्था निम्त्याउने पर्यावरणविद्हरूको अनुमान रहेको छ ।

आफैंमा भीमकायस्वरूप बोकेको यो जहाजका २० वटा खुला बार्दली छन् भने यसले ७ हजार ६ सय यात्रु बोकेर यात्रा गरिरहनसक्छ । यसका लागि प्रयोग गरिने फ्युलको मात्रा पनि धेरै हुन्छ । सातवटा स्विमिङ पुल र ६ वटा वाटर स्लाइड रहेको यो जहाज मनोविनोद्का हिसाबले पनि उत्तिकै रमणीय छ । १ खर्ब, ६० अर्ब लगानीमा निर्मित यो पानीजहाजमा प्राकृतिक ग्यासलाई माइनस २ सय ६० डिग्री फरेनहाइटमा चिसो बनाई तरल अवस्थामा प्रयोगमा ल्याइएको छ ।

समुद्रमा यसको लिक हुने सम्भावना निकै बढी छ । यसै विषयलाई लिएर वातावरणविद् तथा सरकोकारवाला सबैले चिन्ता जाहेर गरिरहेका छन् । उनीहरूको चिन्ता भनेको तरल अवस्थामा प्रयोग भइआएको प्राकृतिक ग्याँस कतै पानीमा लिक भयो भने यसले वायुमण्डलमा विषालु मिथेन ग्यास उत्पन्न गरी जीव तथा वनस्पतिलाई ठूलो हानी पु¥याउनेछ । यो ग्यास कार्बनडाइअक्साइड ग्यासभन्दा पनि प्रदूषक ग्यास हो ।

यसले वायुमण्डलमा कार्बनडाइअक्साइडभन्दा ८० गुणा बढी तापमान बढाउँछ । मिथेन आफैंमा वातावरण अमैत्री ग्यास पनि हो । अहिले अनुमान गरिएको छ, २० वर्षमा मिथेन ग्यास नै विश्वतापमानको सबैभन्दा डरलाग्दो कारक बन्नेछ ।

‘द आइकन अफ द सी’का सञ्चालक रोयल क्यारिबियन ग्रुपले यसलाई स्वीकार गरे पनि यसको विरोध हुन छाडेको छैन । सञ्चालकले यसको प्रयोगसँगै यसमा सुधार ल्याइने वाचा पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन