विद्यालय भवन उद्घाटनमा ओली

सुनसरी । सुनसरीको इटहरीस्थित कचना बुडिगंगा महादेव विद्यालय विवादबीच बुधबार उदघाटन भएको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाइ सम्बोधन गर्दै उनले अहिलेको शिक्षा उपयोगी, बहुआयामिक र गुणस्तरीय हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भवन मात्र चिटिक्क भएर काम नलाग्ने उल्लेख गर्दै पढाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरू पनि त्यतिकै अब्बल हुनुपर्ने बताए । उनले नेपालको धेरै जिल्लामा राम्रो विद्यालय भएर पनि परीक्षामा नतिजा राम्रो नल्याएको र जहाँ भवन नै नभएर चौरीमा मात्र पढाइ भएको छ त्यहाँको विद्यालयको नतिजा उत्कृष्ट भएको उदाहारण प्रस्तुत गरे ।

विकासको प्रतिफल दिन सक्ने खालको शिक्षा आजको आवश्यक्ता रहेको उनको भनाइ थियो । ‘गुणस्तरीय शिक्षाले समाजमा एक कुशल नेतृत्व जन्माउँछ र कुशल नेतृत्वले सिंगो देश बनाउँछ,’ उनले भने । अहिलेको समय विज्ञान र कम्प्युटरको रहेका कारण अबको शिक्षा वैज्ञानिक, प्रविधियुक्त हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।

आपूुले सरकारको नेतृत्व गरिरहँदा आएको तथा ल्याइएको योजनामध्येकै एक यस विद्यालय रहेको बताउदै अध्यक्ष ओलीले अहिले मावि रहेपनि यसको स्तरोन्नतिका लागि पुनः सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । आफ्नो लागि उद्घाटन ठूलो कुरो नरहेको र उद्घाटन वडाध्यक्षलाई नै गराउँदा पनि हुने बताउँदै शिलान्यासमा भने चासो राख्ने अध्यक्ष ओलीको भनाइ थियो ।

९ करोड ४६ लाख ८ हजार ९२८ रुपैयामा निर्माण सम्पन्न भएको भवनको हेटौडास्थित तिन वटा निर्माण कम्पनीले ठेक्का लिएको थियो । समयमै निर्माण सम्पन्न भएर उद्घाटनको तयारी अन्तिम चरणमा पुगेपछि इटहरी उपमहानगरले कार्यक्रम स्थगित गरिएको सूचना जारी गरेका थिए । स्थानीय सरकारले स्थगित गरिरहँदा उद्घाटन भने भव्य रूपमा सम्पन्न भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य