नेताका सम्पत्ति शुद्धिकरण गर्नुपर्ने

पाल्पा । नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा भष्ट्रचार मौलाएकाले वडाध्यक्षदेखी प्रधानमन्त्री भएका व्यक्तिसम्मको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने माग गरेका छन् ।

उनले भ्रष्टाचारीलाई कारवाही नगरेसम्म देश समृद्धिको बाटो जान नसक्ने बताउदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएकाले सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । तानसेन नगरपालिकाले तानसेन महोत्सव, २०८० उद्घाटन समारोहमा बोल्दै नेताहरू पारदर्शी हुन जरुरी छ त्यसैले सर्वसमतिले सम्पती छानविन गरेर सुशासन कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।

कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित तानसेन नगरपालिकाले फागुन १९ देखि २९ गतेसम्म महोत्सवको आयोजना गरेको छ । महोत्सवमा कृषि, पर्यटन, लघु तथा साना उद्योग र युवाहरुको बृत्ति विकास सम्बन्धी ३ सय भन्दा बढी स्टलहरू रहेका छन् ।

महोत्सवले रोजगार सिर्जना, स्थानीय कलासंस्ृकतिको संरक्षण, कृषि उपजको बजारीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

केन्द्रीय क्याम्पसबाट हाम फाले एक विद्यार्थी, उपचारका क्रममा मृत्यु