बझाङमा श्रमिक मृत अवस्थामा

बझाङ । बझाङमा एकजना श्रमिक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मष्टा गाँउपालिका वडा– १ जिन्डाडा घर भएका अन्दाजी ४० वर्षका रामचन्द्र ऐडी (राम्या) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ऐडी घर निर्माण श्रमिक हुन् ।

मंगलबार कामबाट नफर्किएपछि उनका आफन्त खोजीमा निस्के । ऐडी कार्यस्थलभन्दा ५ सय मिटर पर सडकमा मृत फेला परेको उनकी श्रीमति तुलसा ऐडीले बताइन ।

प्रहरी नायब उपरिक्षक गणेशबहादुर बमले भने मृतकको शरिरमा चोट पटक नभएको र पोष्टमाटमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी रहेको बताए । उनले घटना’bout अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी