परफ्युम प्रयोगमा सावधानी !

परफ्युम सौन्दर्य प्रसाधन हो । यसले छालाको सौन्दर्यतामा क्षणिक सकारात्मक असर देखाउँछ । साथै, सुगन्ध दिन्छ पनि । तर, यसको प्रयोगका ’boutमा कमै मात्र जानकार रहेको जीवन व्यवहारमा देखिन्छ । अधिकांश मानिस परफ्युमको लाभ हानीका ’boutमा वास्ता नै नगरी यसको तुरुन्त प्रयोग गरिहाल्छन् पनि ।

तर, फफ्युमका हानी पनि छन् । यसका ’boutमा सचेत हुन नसकेमा फाइदाको सट्टा हानी मात्र पुग्ने पनि हुनसक्छ । परफ्युमले मानिसलाई सुगन्धित बनाए पनि यसको जथाभावी प्रयोग भने सौन्दर्यका लागि स्वीकार्य हुँदैन । यसको अधिक वा निरन्तर प्रयोगले शरीरमा असर पु¥याउँछ । परफ्युम छर्ने वा स्प्रे गर्ने सौन्दर्य प्रसाधन हो ।

तर, कतिपयले यसलाई हातमा लिएर शरीरमा दल्ने वा रगट्ने गरेका हुन्छन् । यसो गरियो भने शरीरमा सुगन्ध लामो समयसम्म रहन्छ भन्ने गलत धारणा पनि छ । बरू हातमा लगाएर शरीरमा रगडियो भने परफ्युमको बासनामा कमी आउँछ । दलेर प्रयोग गरियो भने यसले शरीरमा र विशेषगरी छालामा दाग देखापर्नुका साथै चिलाउने र खटिरा हुने पनि बनाउनसक्छ ।

मानिसले कपडा र गहनामा पनि परफ्युम लगाउने गरेको देखिन्छ । कपडा वा गहनामा परफ्युम प्रयोग गरेमा त्यहाँ रियाक्सन हुन गई उल्टै दुर्गन्ध सिर्जना हुनसक्छ । यस्तो रियाक्सनले कपडा र गरगहना नै बिग्रनसक्छ । परफ्युमको प्रयोग जाँघ, काखीजस्ता लुकेका अंगहरूमा प्रयोग गरिएको पाइन्छ । यस्ता अंगमा परफ्युमको प्रयोग नगर्दा राम्रो हुन्छ ।

अंगहरूमा गरिने परफ्युमको प्रयोगले एलर्जी हुने, चिलाउने र पोल्ने समस्या उत्पन्न गराउँछ । कानमा परफ्युमको प्रयोगले ठूलो समस्या ल्याउनसक्छ । परफ्युममा प्रयोग गरिएको केमिकल र अल्कोहलले छालालाई उल्टै सुक्खा बनाउँछ । प्राकृतिक मान्यतानुसार छालामा आद्र्धता हुनु जरुरी हुन्छ । छाला सुक्खा भएमा चिलाउने रोग उत्पन्न हुन जान्छ ।

युवाहरू कपालमा समेत परफ्युमको प्रयोग गर्छन् । यो निकै हानीकारक हुन्छ । यसले कपाल झार्छ । परफ्युममा अल्कोहल मिसिएको हुनाले कपाल सुक्खा बनाउनुका साथै कपालका टुप्पा छियाछिया बनाउँछ ।

त्यसैले पनि शरीरमा सुगन्धित परफ्युम प्रयोगमा निकै सतर्क हुनुपर्छ । शरीरका संवेदशील अंगमा त यसको प्रयोग पनि गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन