तिमी मुस्कुराऊ, जीवन मुस्कुराउँछ

मानिसको जीवन आफैंमा मानसिक र शारीरिक गरी दुई किसिमको हुन्छ । मानसिक जीवन र शारीरिक जीवनका बीचमा सधैं अन्तरविरोधको आभाष रहिरहन्छ । यी दुईको जीवनमा एकले अर्कालाई असर मात्र होइन, बेलाबेलामा आघात पनि पु¥याइरहेका हुन्छन् । अनुहारमा देखापर्ने संकेत यसैका परिणाम हुन् ।

तर पनि योग्य मानिसले यी दुवै जीवनमा एकाकार ल्याउन र सन्तुलन मिलाउन सक्नुपर्छ । यो नै सन्तुलित जीवनको एक मात्र उपाय हो । यही कलापूर्ण संयोजन नै आखिरमा जीवन हो । त्यसैले, मुहारमा मस्तिष्क हाँसेको हुनुपर्छ भने मस्तिष्कमा मुहार । अर्थात् विवेक र संवेगको सन्तुलित अभिव्यक्ति नै सुखद जीवन हुनपुग्छ ।

त्यसैले भनिन्छः
– पानीलाई जतिसुकै तताए पनि केही निश्चित समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल बन्छ’ ।
– खुट्टामा ठेस लाग्दा बुद्धि पलाउँछ । चाल र गतिमा सन्तुलन ल्याउँछ ।
– भाग्यको ढोका खोल्न निधारमा मुड्की बजार्नु भन्दा राम्रो कर्मको चक्रवात सिर्जना गर ।
– पानीमा डुबेर कसैको पनि मृत्यु हुँदैन, उसको मृत्यु त पानीमा पौडन नजान्दा मात्र हुन्छ ।
– अगाडि आएका समस्याको सामना गर, तर तिम्रो पिठ्युँपछाडि कुरा काट्नेको वास्ता नगर ।
– जीवनमा एकदमै राम्रो काम सम्पन्न गर्ने भए खराब कुरा सोच्न छोडिदेऊ ।
– समय बदलिन्छ भनेर मानिसले सिकाएका थिए तर समयानुसार मानिस पो बदलिन्छ ।
– अवसर र सूर्योदयले ढिलो गर्नेलाई कोही कसैलाई पनि पर्खदैनन् ।
– अनुहार ऐना हो, तिमी मुस्कुराउँदा जिन्दगी पनि मुस्कुराइरहेको देखिन्छ ।
– खुसी हुनु भनेको सबै कुरा ठीक हुनु होइन, बरू यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौ ।
– तिम्रो घर उज्यालो बनाउनु छ भने अहंकारलाई दिमागबाट हटाऊ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार