१६ महिलालाई ५० हजारसहित सम्मान

पोखरा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ । पोखरामा शुक्रबारसामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरुलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ महिला सहकारी संस्थालाई पनि सम्मान गरियो ।

५० हजारसहित सम्मानित हुनेमा सामाजिक अभियन्ताद्वय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ कमला गिरी, फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा र नानुमाया गुरुङ सम्मानित भए ।

यस्तै, खेलकुदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भए । पत्रकारिता क्षेत्रबाट कान्तिपुरकी प्रतीक्षा काफ्ले, रेडियो सफलताकी दुर्गा अधिकारी र राससकी फोटो पत्रकार राधिका कँडेल सम्मानित भएका हुन् ।

यस्तै, विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ६ महिला सहकारी संस्थालाई ७५ हजारसहित सम्मानपत्र दिइएको थियो ।

प्रदेश नीति तथा योजना आयोग सदस्य सुवास अधिकारीले सरकारले पहिलो पटक विभिन्न क्षेत्रका क्रियाशील महिलालाई सम्मान दिएकोमा खुसी प्रकट गरे । मन्त्रालयका सचिव प्रकाश पौडेलले सम्मान कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने बताए ।

महिला दिवस अवसरमा शुक्रबार बिहान पोखरामा प्रभातफेरी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन