पाल्पाको शिव मन्दिर पुर्वयुवराज पारस शाहले पुजाआजा गरे

पाल्पा । हिन्दुहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर र शिव धामहरुमा पुजाआजा र भजन किर्तन गर्ने भक्तजनहरुको भिड लागेको छ । पाल्पा आएका पुर्व युवराज पारस शाहले बगनासकाली ९ बराङ्दीमा रहेको महामृत्युञ्जय शिवासनमा पुजाआरधना गरेका छन् ।

पुर्वयुवराज पारस शिवरात्रीको अवसर पारेर पाल्पा भ्रमण गरेका छन् । पारसले महामृत्युञ्जय शिवासनमा शिवको नित्य पुजा, शिबलिङ्गमा जलधारा, दुधधारा, घिउबाट स्नान गराएका थिए ।

हिन्दुधर्म अनुसार देवका पनि महादेवको रुपमा भगवान शिवलाई मान्ने गरिन्छ । तानसेन नारायणस्थानमा १०८ गौमुखे धारा सहित १ हजार ६ सय किलो शिवलिङ्ग शिवरात्री पारेर स्थापना गरिएको छ ।

तिनाउ गाउँपालिका दोभान सिद्धबावा मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय शिवासन, प्रभास क्षेत्र, रामपुर भुजातको शिवमन्दिर सहितका शिवालयहरुमा शिव आरधना गरिएको छ । बिहानदेखी भक्तजनहरु शिवमन्दिरहरुमा पुगेका छन् । भगवान शिवको उत्पत्ति भएको दिनका रुपमा महाशिवरात्री पर्व मान्दै आएको पौराणिक कथन रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’