सुपरमार्केटमा माकुरो फोबिया

गत सालको कुरा हो । घुमन्ते भनिने ब्राजिलियन माकुराका कारण अस्ट्रियाको एउटा सुपरमार्केट बन्द गरियो । यो सुन्दा मामुली कारण भए पनि गम्भीर प्रकृतिको कुरा लुकेको थियो, यसभित्र । यो माकुरा विषालु माकुरा थियो । यसले डसेमा मानिसको प्राण जान सक्थ्यो । यो माकुरा सामान्य माकुरा नभएकाले सुपरमार्केट नै बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

यस माकुराको टोकाइले पीडादायी स्थायित्व रहने भएकाले पनि मानव स्वास्थ्य र प्राणप्रति गम्भीरता अपनाइएको थियो । यसले डसेमा मानिसको मृत्युसम्म हुने गरेको छ । सुपरमार्केटमा यो देखापरेपछि यसले त्यहाँभित्र भयंकर ठूलो अजिंगर वा बाघ नै बसेको जस्तो हल्लाखल्ला भएको थियो । जानकारहरूका बीचमा यसका ’boutमा ठूल्ठूला टिप्पणीहरू हुनथालेका थिए, ‘यो त यमराज हो, यो त काल हो, यसले धेरै ब्राजिलियनहरूको ज्यान लिइसकेको छ ।’

अहिले विश्व बजारको अवस्था छ । संसारमा जहाँ पनि होस्, विश्वका उत्पादन पुग्छन् । अस्ट्रियामा पनि भएको थियो यही नै । त्यहाँको सुपरमार्केटमा काम गर्ने स्टोरका प्रबन्धकले केराको बाकसमा यो माकुरो देखेका थिए । यसलाई खोज्दाखोज्दै हराउन पुगेको थियो । बाकस पन्छाउन समय लागेपछि सुपरमार्केट नै बन्द गरेर माकुराको खोजी कार्य अघि बढाइएको थियो । तत्काल अनुसन्धानका लागि फायर ब्रिगेडलाई बोलाइएको थियो ।

यसले झन् खैलाबैला मच्चाएको थियो । सुपर मार्केटका ग्राहकको भीड निकै लागेपछि सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । यो माकुरा आकारमा ठूलो पनि र ४ इन्चबराबर लामो थियो । कालो र रातो रङ मिसिएकाले यो हेर्दैमा डरलाग्दो पनि देखिन्थ्यो । यसलाई ब्राजिलमा एक विषालु तथा खतरनाक प्राणीका रूपमा लिइन्छ ।

यसको डसाइलाई सबैभन्दा घातक मानिन्छ । यसको डसाइले हाइपोथर्मिया, धमिलो दृष्टि र आघात पनि निम्त्याउने गर्छ । यस माकुराको टोकाइले असाधारण पीडा निम्त्याउनसक्छ । यसले मुटुको धड्कन बढाउनसक्छ । सुपरमार्केटमा यो माकुरो नपाइएपछि तत्काल सुपरमार्केटभरि व्यापक सरसफाइ र कीटाणुनाशक औषधि प्रयोग गरिएको थियो ।

एक वर्ष बितिसक्दा अहिले पनि त्यो सुपरमार्केटमा माकुरो कतै लुकेर बसिहेको छ कि भनी ग्राहक तर्सने गरिरहेको त्यहाँका सुरक्षाकर्मी बताउँछन् । माकुरो फोबिया त्यो सुपरमार्केटमा देखिने गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 508 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन