सुन्दरहरैचा । प्रेममा धोका दिएपछि प्रेमिकाको हत्या गर्ने एक युवलाई प्रहरीले सर्वाजनिक गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्या संलग्नलाई इलाका प्रहरी कार्यलय धरानले शुक्रबार सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय, धरानले पत्रकार सम्मेलन गर्दै सुमनाको हत्यामा संलग्न धरान-१७ का १९ वर्षिय बाबुराम भुजेललाई सार्वजनिक गरेको हो।
२ वर्षदेखि फेसबुक मार्फत प्रेम सम्बन्ध भएको बाबुरामले बताएका छन् । गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने अर्का व्यक्तिसँग उनी नजिकिएकी थिइन् । सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबिच विवाद भएको थियो ।
प्रेममा खटपट पछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या सुनसरिका एसपी विपिन रेग्मिले बताए।
भूजेलले घटना घट्नु अघि नै खुकुरी किनेकाले सो घटना नियोजित रहेको पुष्ठि हुने एसपी रेग्मीले बताए। प्रहरीले बयान लिनेक्रममा भूजेलले धरानको देशी लाईनमा १६ दिन अघिनै पकेटमा हाल्न मिल्ने खुकुरी किनेको हुनाले घटना प्लानिङ रहेको बताएका हुन्। हत्यापछि भूजेलले सुमनाको फोन समेत लिएर भागेको र सीम खोलामा फालेर उनी धनकुटा भागेका उनले बताए।
आठ दिनअघि मात्र मोरङको बिराटनगरमा स्टाफ नर्सको हत्या भयो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला पर्यो। धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटियो ।
चन्द्रिकाकुमारीको हत्या गर्ने अरु कोहि नभएर उनकै प्रेमी थिए २२ वर्षीय शिवशंकर दास। शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको र प्रेममा खटपट भएपछि मलेसियाबाट आएर प्रेमिकाको हत्या गरेर आफूले पनि आत्मा हत्या गरेका थिए।






