काठमाडौं । २०३९ सालदेखि नेपाल प्रहरीको सहयोगी संस्थाका रूपमा स्थापना गर्ने अभियान सुरु भएको सामुदायिक प्रहरी सेवा केन्द्र अहिले देशैभरि फैलिएको छ । यो केन्द्रको उद्देश्य समाजभित्र विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउने र जनताका समस्यालाई राज्य तहसम्म पु¥याउन नेपाल प्रहरीलाई सहयोग गर्ने रहेको छ ।
केन्द्रलाई राज्यको तहबाट सहयोग नभए पनि नेपाल प्रहरीमार्फत् आवश्यकताअनुसार सहयोग भइरहेको छ । प्रहरीलाई जनतासँग जोड्न बेला बखत विभिन्न नारासहित कार्यक्रमहरू बनाउने र सम्पन्न गर्ने अभियान पनि नचलेका होइनन् । प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा जस्ता योजनाहरू आए, हराए । तर, सामुदायिक प्रहरी, जनतासँग साझेदारी भन्ने योजना भने अहिले देशैभर फैलिएको छ ।
२०३९ सालमा प्रहरी प्रधान कार्यालयको अग्रसरतामा सुरु भएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम उपत्यकाभित्र २९ शाखाबाट सञ्चालित हुँदै आएको छ । यो समूहलाई संगठित रूपमा देशव्यापी बनाउने र सामुदायिक सेवा परिषद् गठन गर्ने चर्चा पनि चलिरहेको छ । यही समयमा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धको आयोजनामा उपत्यकाभित्र रहेका २९ वटा सामुदायिक केन्द्रको परिचयात्मक कार्यक्रम शनिबार बौद्ध परिसरमा रहेको तामाङ कल्याण गुठी भवनमा सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बौद्ध प्रहरीका डीएसपी राजु पाण्डे, पूर्वएआईजी तथा सामुदायिक सेवा केन्द्र तिखेदेवल ललितपुरका अध्यक्ष डा. गोविन्द थापा, गोकर्णेश्वर सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष नवराज लामा र बौद्ध केन्द्रमा सल्लाहकार जयमंगल लामाको उपस्थितिमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी भण्डारीले सहभागीलाई स्वागत गरेकी थिइन् भने सल्लाहकार जयमंगल लामा, पूर्वएआईजी गोविन्द थापा, बौद्ध वृद्धका डीएसपी राजु पाण्डेलगायतले केन्द्रको महŒव र वर्तमान परिस्थितिमा केन्द्रसँग सहभागी सदस्यको सक्रियतालाई जोड दिएका थिए ।
प्रहरी संगठन सर्भिस हो, प्रहरीलाई जनतासँग जोड्ने काम सामुदायिक सेवा केन्द्रले गर्छन् र जनताका समस्या सेवा केन्द्रमार्फत् प्रहरी हुँदै राज्यका विभिन्न तहमा पु-याउन यस्ता संस्थाको आवश्यकता रहेको कार्यक्रमका वक्ताले स्पष्ट पारेका थिए । कार्यक्रम वरिष्ठ साहित्यकार तथा समाजसेवी देवी घिमिरेले सञ्चालन गरेका थिए ।
केन्द्रका सदस्य सगरमाथा आरोहणको तयारी
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धका सदस्य चित्रबहादुर रायमाझी (शेखर) आगामी अप्रिल÷मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिहेका छन् । रायमाझी विभिन्न समयमा पथप्रदर्शक, पर्वतारोही र पर्वतारोहणसम्बन्धी अनुभव भएका युवा हुन् । भोजपुरमा जन्मिएका रायमाझीले विभिन्न हिमालको सफल आरोहण पनि गरिसकेका छन् । उनले सपनाका रूपमा सजाएको सगरमाथा आरोणहका लाग कम्तीमा ४५ देखि ६० हजार अमेरिकी डलर लाग्ने अनुमान छ ।






