काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् । साथै संघीय सरकारमा सहभागी हुन समेत प्रधानमन्त्री प्रचण्डको प्रस्ताव रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री प्रचण्ड, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूबीचमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेका छन् । अघिल्लो गठबन्धनमा सहभागी नाउपालाई प्रधानमन्त्री प्रचण्डले अहिलेको नयाँ गठबन्धनमा सहभागी हुन र संघदेखि प्रदेशसम्म सहकार्य गर्दै अगाडि बढ्न प्रस्ताव गरेका छन् ।
‘संघीय सरकारमा सहभागी हुन र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न उहाँले आग्रह गर्नुभयो । यस’bout म गठबन्धनभित्र छलफल गर्छु । तपाईंहरू पनि छलफल गर्नुस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘हामीले त मधेस, लुम्बिनीमा पनि हाम्रो सम्मानजनक सरकारमा सहभागिता हुनुपर्ने विषयमा छलफल ग-यौ ।’
नयाँ गठबन्धन बनेपछि प्रचण्ड नेतृत्वको सरकारलाई नाउपाले विश्वासको मत दिएको छ । तर, सरकारमा सहभागी भएको छैन । प्रधानमन्त्री प्रचण्डले नाउपालाई संघीय सरकारमा सहभागी गराउन खोजेको बालुवाटार स्रोतले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनको सरकार बनाउन नाउपा निर्णय छ । तर, नाउपाले सुदूरपश्चिममा पुरानो गठबन्धनकै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन कायम राखेको छ । सुदूरपश्चिममा नाउपाका पाँच जना सांसद मन्त्रीसमेत छ ।
संघमा नयाँ गठबन्धनको पक्षमा देखिएको नाउपा सुदूरपश्चिम प्रदेशमा पुरानै गठबन्धनसँग रहेको छ । अध्यक्ष श्रेष्ठ नयाँ गठबन्धनमा सहभागी हँुदै संघमा मन्त्री बन्न खोजेकी छन् । साथै प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार गठन गर्न खोजेकी छन् । तर, श्रेष्ठका श्रीमानसमेत रहेका नाउपाका संरक्षक रेशमलाल चौधरीले पुरानै गठबन्धनको पक्षमा उभिएपछि उनीहरूबीच पार्टीदेखि घरसम्म झगडा जारी नै रहेको छ ।
‘नयाँ गठबन्धनप्रति तपार्इंहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौं । सरकारमा सामेल हुनुहोस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । ती नेताका अनुसार सम्मानजनक सहभागी भए सरकारमा सामेल हुने’bout पार्टीमा छलफल हुने जनाएका छन् । नाउपा अध्यक्ष श्रेष्ठसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संघीय सरकारमा सहभागी हुन र प्रदेश सरकारमा सहकार्य गर्दै अगाडि बढ्ने विषयमा आफूले गठबन्धनभित्र छलफल गर्ने आश्वासन दिएका छन् ।
तर, संघीय सरकारलाई विश्वासको मत दिने श्रेष्ठको निर्णय चौधरीलाई मन परेको छैन । यस्तै, सुदूरपश्चिम प्रदेशमा चौधरीको चाहनाअनुसार सहभागी भएको श्रेष्ठलाई मन परेको छैन । श्रीमान-श्रीमती समेत रहेका चौधरी र श्रेष्ठबीच यही विषयलाई लिएर चर्को विवाद भइरहेको छ । पार्टी केन्द्रको निर्देशन अवज्ञा गरी चौधरीले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार विस्तारमा नाउपाका सांसद सहभागी गराएका थिए ।






