सत्यमोहनको सम्झनागर्दै चार कृति लोकार्पण

काठमाडौं । दिवंगत श्रष्टा एवम् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्य, संस्कृति तथा विभिन्न क्षेत्रमा पु¥याएको योगदानको काठमाडौंमा एक समारोहबीच चर्चा गरिएको छ ।

वानीरा फाउन्डेसनले सो फाउन्डेसनको भवनमा आईतबार आयोजना वाङमय शताब्दी पुरुष जोशीको १०५ औँ जयन्ती मनाएको हो । सो जन्म जयन्तीमा जोशीको कृति र योगदान’bout चर्चा गरियो । जोशीका छोरा अणुराज जोशीले आफ्ना बुबासँगको स्मरण सुनाउँदै शताब्दी पुरुषको योगदान’bout नयाँ पुस्तालाई जानकारी गराउन विभिन्न कार्यक्रमहरु गर्ने बताए ।

कार्यक्रमकी अध्यक्ष इन्दिरा प्रसाई, सुनीता कार्की, प्रा.डा.सावित्री कक्षपती, डा.अम्बिका अर्याल, तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष जोशीको ब्यक्तित्व र कृति’bout चर्चा गरे । उनीहरुले इतिहाँस, संस्कृति, साहित्य, दर्शनशास्त्र, धर्मशास्त्रजस्ता विभिन्न क्षेत्रमा जोशीले योगदान दिएको जनाए ।

सोही अवसरमा नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गर्नुभयो । ती पुस्तकहरु वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की र नइ प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईले बिमोचन गरे ।

प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि ः ललितत्रिपुरसुन्दरी’, डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ पुस्तकको सो कार्यक्रममा बिमोचन गरियो ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता