ट्रयाक्टर दुघर्टनामा घाइते ८ बालबालिकाको कारुणिक दृश्य

सोमबार दैलेखको आठविस नगरपालिकामा टयाक्टर दुर्घटना हुँदा घाईतेलाई उद्धार गर्दै स्थानीयबासी । तस्वीर : विरबहादुर माक्र्सवादी /सात्तला

दैलेख । सोमबार आठविस नगरपालिका–१ झुज धनविरे गडा नजिक अपरान्ह साढे ४ बजेतिर ट्रयाक्टर दुघटना हुँदा ८ जना बालबालिका घाईते भएका छन् । कर्णाली प्रदेशको ०२००१ त ००५९नम्बर ट्रयाक्टर दुर्घटना हुँदा ती बालबालिका घाइते भएका हुन् । आठविस नगरपालिका वडानं –१ को भानु आधारभुत विद्यालयको बालुवा ढुवानी गरि फर्किने क्रममा ट्रयाक्टर दुर्घटना भएको हो ।

घाइते हुनेमा ११ वर्षीय निराजन रावत, १२ वर्षीय खगेन्द्र नेपाली, १० बर्षीय कुशुम नेपाली १० वर्षीय नवीन नेपाली, १२ वर्षीय नमराज नेपाली र ८ वर्षीय हिम नेपाली ११ वर्षीय जीवन बिक र १८ वर्षीय महेन्द्र बिक गम्भीर घाइते भएका हुन् । हाल घाइतेको सात्तला स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ भने आठै ८ जना घाइतेलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गर्ने तयारी भइरहेको आठविस नगरपालिका वडा नं–१ वडाअध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

उनले भने, “आठविस नगरपालिकाका दुईवटै एम्बुलेन्स बिग्रिए ग्यारेजमा छन् । ठाटीकाँध गाउँपालिकाको एम्बुलेन्सले पाल्तडा लिने र त्यहाँ एउटा बस छ त्यसैबाट स्वास्थ्यकर्मीसहितको टोली पठाउँछौं ।’ सबैको अवस्था गम्भीर छ । दुर्घटनापछि चालक फरार रहेको नेकपाका युवा नेता वीरवहादुर माक्र्सवादीले बताए । घटना लगतै चालक फरार भए । अहिले यहाँ एकजना प्रहरी मात्र छन् ।

शोकमग्न दलित बस्ती
नयाँ बर्षको शुभारम्भकै दिन आठविस नगरपालिका –१ को झुजको सिमगाउँको दलित बस्ती शोकमग्न छ । ट्रयाक्टर दुर्घटना हुँदा एउटै गाउँका ७ जना दलितका बालबालिका घाईते हुँदा बस्ती शोकमग्न भएको हो । सिमगाँउ स्थित एकै दलित समुदाय का हुन भने घाइते निराजन रावत आठविस नपा –१ सात्तला झुँज टिमिलसैन का हुन ।
दुर्घटना पछि दलित बस्तीमा सन्नाटा छाएको छ । आफन्तहरुले रोईकराई गरेका छन । आफन्तहरु सबै अहिले स्वास्थ्य चौकीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी