बैंकहरुले लिएको मनोमानि व्याज फिर्ता गर्नुपर्छ : प्रभु साह

काभ्रे – बनेपा । आम जनता पार्टी (आजपा) को ताम्सालिङ्-नेवा प्रदेश कमिटीले आज काभ्रेको बनेपामा दलाल दलतन्त्रको विरुद्ध खबरदारी र्याली निकालेको छ ।

ताम्सालिङ्-नेवा प्रदेश कमिटीद्वारा आयोजित उक्त खबरदारी र्याली सहितको बृहत् भेलालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित तथा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउन आम जनताले सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष साहले भने, “अहिले देशमा बैंकहरुले आम सर्वसाधारण जनताको बचतको पैसा खुलेआम लुटिरहेको स्थिति छ । बैंकका मालिकहरुले नै अन्य विभिन्न व्यापार – व्यवसायमा लगानी गर्न एक-अर्काको बैंकबाट सहुलियत कर्जा लिने तथा नेपाली जनताको करको पैसा र बचतकर्ताको बचत पैसालाई गिरोह बनाएर दोहन गर्न तल्लीन छन् । यो स्थितिलाई बदल्न बैंक मालिकहरूले बैंकबाट ऋण लिन नपाउने व्यवस्था गर्नुपर्छ ।”

आजको कार्यक्रममार्फत विभिन्न पार्टी परित्याग गर्दै शम्भु प्रसाद तिम्लसिना, वीरबहादुर तामाङ्, राजेन्द्र तामाङ्, विवेक नेपाली, राजु तामाङ्, सानु कान्छा तामाङ्, विजय लामा, अशोक श्रेष्ठ लगायतका दर्जनौं नेता कार्यकताहरु विधिवत रुपमा आजपा प्रवेश गर्दा अध्यक्ष साहले पार्टीमा स्वागत गरेका छन् ।

प्रदेश अध्यक्ष रमेश थपलियाको अध्यक्षतामा सम्पन्न उक्त जनप्रदर्शन सहितको भेलामा आजपाका बरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ्, महासचिव त्रिभुवन साह, उपमहासचिव तथा प्रवक्ता चन्द्रभुषण साह, धनकुमारी मगर, सचिव देवी पण्डित, नारायण श्रेष्ठ लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह