कास्की पहिरो अपटेड: मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा बिहीबार रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

पुरुनचौरका कुलबहादुर परियारको घर बिहीबार रातिको पहिरोमा पुरिँदा उनका परिवारका ६ सहित सात जनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँच जनाको शुक्रबार साँझ माछापुच्छ«े गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिए ।

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो ।

मृतकहरूप्रति श्रद्धाञ्जलीका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुगेका थिए ।

सोही घटनामा मृत्यु भएकी कुलबहादुरकी छोरी प्रभा र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी स्वदेश फर्किएपछि मात्र गरिने परिवारजनले जनाएको छ । मृतक दुई जनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । कास्कीका तीन छुट्टाछुट्टै स्थानमा बिहीबार रातिको पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो