विपी राजमार्गमा माईक्रो दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुली । सुनकोशी गाउँपालिका ६ भालुखोलामा विङ्गर माइक्रो दुर्घटना भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ज०१३२ नम्बरको विङ्गर अनियन्त्रित भएर वीपी राजमार्ग अन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विङ्गर सडकबाट ४५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । दुर्घटनामा परि घाईते हुनेमा गाडी चालक सर्लाही बागमती नगरपालिका २ का रुपलाल राउत, बागमती २ का महेश कुमार थापा, कृष्ण कुमार के.सी, लालबन्दी नपा २ का खेसाङ लामा, कमलामाई नगरपालिका ९ सिन्धुलीका काउले माझी, तिनपाटन गाउँपालिका ७ का रामजी काफ्ले र उनकी श्रीमति जमुना काफ्ले रहेका छन ।

यस्तै दुर्घटनामा परि लालबन्दी ९ बस्तीपुरका अनोज मगर उनकी दिदी अस्मिता खपांगी मगर, अस्मिताको छोरी श्रीया योञ्जन र सर्लाही लालबन्दी ७ का दशरथ यादव घाईते भएका छन ।

घाईतेमध्ये ६ जनाको शुभजीवन अस्पताल खुर्कोट र अन्यको सुनकोशी सामुदायीक अस्पतालमा उपचार भएको काफ्लेले बताए ।

घाईतेमध्ये गाडी चालक सर्लाहीको वागमती नगरपालिका वडा नं. २ का रुपलाल राउत गम्भिर घाईते भएका छन । उनलाई शुभजीवन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ लगिएको छ ।

यस्तै केही घाइतेहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको पनि प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न