संक्रमित महिलासँग आएको युवक स्वाब संकलन

दैलेख । कैलालीको लम्की चुहा नगरपालिकाकी कोरोना संक्रमित महिलाको सम्र्पकमा दैलेख आएका एक युवकको स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय दैलेखबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले सोमबार स्वाब संकलन गरेको हो । तर युवकको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर निराञ्ज पन्तले बताए । उनले भने,स्वास्थ्यकर्मीको टोलीले आरडीटी विधिबाट गरिएको परिक्षणमा ती युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

दैलेखको नारायण नगरपालिका –११ बिन्ध्याबासीनी काँडाका ती युवकको स्वाब संकलन गरिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख डा.निरन्जन पन्तका अनुसार युवकसँगै उनको परिवारका श्रीमती, छोरी र बुबाको समेत स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको छ ।

संक्रमित महिलाको सम्पर्कमा आएका युवकको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ । अलपत्र परेको अवस्थामा ती युवक कोरोना भाइरस संक्रमित महिलासँगै बिरगंजबाट चैत्र १७ गते दैलेख पठाईएको थियो । कोरोना संक्रमित महिलासहित कैलालीका ३१ जना, दैलेखका १ जना,, सुर्खेतका १ जना, अर्घखाँचीका १ जना , दाङका १ जना गरी ३५ जना एउटै गाडीमा पठाईएको बताईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी